YouTube Link

सर्वोच्चको फैसलासँगै मुलुकमा राजनीतिक कोर्ष परिवर्तन

Facebook Link

काठमाडौं: सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त रुपमा अध्यक्ष रहेको पार्टीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम दिन नमिल्ने फैसला गरेसँगै मुलुकमा राजनीतिक कोर्ष परिवर्तन भएको छ ।

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको पार्टीलाई दिएपछि एमाले र माओवादी केन्द्र एकता अघिकै अवस्थामा आउने भएसँगै संसदमा राष्ट्रिय दलको रुपमा अब चारवटा दल हुने भएका छन् ।

तीमध्ये सबैभन्दा ठूलो दलका रुपमा नेकपा एमाले, दोस्रोमा काँग्रेस, तेस्रोमा माओवादी केन्द्र र चौथोमा जसपा नेपाल रहने छन् ।

सर्वोच्च अदालतको निर्णय अनुसार एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । सरकार बचाउनका लागि १३८ सांसद आवश्यक पर्नेमा एमालेसँग १२० सांसद मात्र छन् ।

एमालेलाई काँग्रेस, माओवादी केन्द्र र जसपा नेपालमध्ये कुनै एउटा दलले सघाएमात्र ओली नेतृत्वको सरकारले निरन्तरता पाउन सक्छ । ६३ सांसद रहेको काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टी दुवैको सहयोग लिनुपर्छ । प्रतिनिधिसभामा माओवादी केन्द्रको ५३ र जसपा नेपालको ३४ सांसद छन् ।

काँग्रेसले ओली नेतृत्वको सरकारलाई निरन्तरता दिन नचाहेमा वा उक्त सरकारलाई समर्थन नजनाएमा एमालेले काँग्रेसको नेतृत्वमा सरकार बनाउनेगरी समर्थन दिन पनि सक्छ ।

एमालेले जसपासँगको सहकार्यमा पनि सरकार बनाउन सक्छ । तर ओली नेतृत्वको एमालेले अहिलेको अवस्थामा काँग्रेस, माओवादी केन्द्र र जसपा नेपाललाई आफूतिर तान्ने सम्भावना कम रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

हालै प्रतिनिधिसभा विघटनको विरोधमा काँग्रेस, जसपा र नेकपाकै प्रचण्ड–माधव समूहले आन्दोलन गरेका थिए । उनीहरुले ओलीको कदमलाई प्रतिगामी भन्दै विरोध गरेका कारण पनि ओली नेतृत्वकै सरकारलाई निरन्तरता दिने वा ओली नेतृत्वको सरकारमा सत्ता साझेदार बन्ने सम्भावना निकै कम रहेको विश्लेषकहरुको भनाइ छ ।

एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि वर्तमान सरकार स्वतः अल्पमतमा पर्छ । त्यसैले प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ ।

अन्य दलको साथ नपाएको अवस्थामा ओली नेतृत्वको सरकार ढल्ने र त्यसपछि काँग्रेस, माओवादी केन्द्र र जसपा नेपालको संयुक्त सरकार बन्ने सम्भावना पनि औंल्याउन थालिएको छ ।

 

प्रचण्ड-नेपाल समूहको निर्णय, अलग-अलग भएर जाने

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...