YouTube Link

नेपालमा भ्रष्टाचार झन् बढ्यो: ट्रान्सपरेन्सी इन्टरनेशनल

Facebook Link

काठमाडौं: नेपालमा भ्रष्टाचार झन् बढेको ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार संसारभरि सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

भ्रष्टाचारका कारण कोरोना भाइरसको महामारी रोकथामका प्रयास कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको रिपोर्टमा उल्लेख गरिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले १ सय ८० देशका सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा लिएको थियो । यसका आधारमा तयार पारिएको सूचीमा नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीको १ सय १७ औँ स्थानमा छ ।

गएको वर्ष यस सूचीमा नेपाल ११३ औँ स्थानमा थियो । नेपालमा गरिएको सर्वेक्षणले सरकारको भ्रष्टाचार विरोधी प्रयास पर्याप्त नहुनु, सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग हुनु, सार्वजनिक पदाधिकारीमाथि कारबाहीमा कमी हुनु, व्यापार व्यवसायमा घुसखोरी कायम रहनु, सूचनामा नागरिकको पहुँचमा कमी हुनुजस्ता समस्या कायमै रहेको ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले भ्रष्टाचार नियन्त्रण गर्न नियमनकारी निकायहरुको शक्तिकरण, खुला तथा पारदर्शी ठेक्का प्रक्रिया, लोकतन्त्रको रक्षा, नागरिक संस्थाको स्वतन्त्रता, तथ्याङ्क सम्प्रेषण र सूचनामा पहुँचजस्ता सुझाव समेत दिएको छ ।

१ सय ८० देशमध्ये डेनमार्क र न्युजिल्याण्ड सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीको पहिलो नम्बरमा छन् भने सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा साउथ सुडान र सोमालिया रहेका छन् । डेनमार्क र न्युजिल्याण्डले कुल एक सयमा ८८ अङ्क पाएका छन् । सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेका दक्षिण सुडान र सोमालियाले भने १२ अङ्क पाएका छन् ।

दक्षिण एसियाली राष्ट्रहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरि २४ औँ स्थान, माल्दिभ्स ४३ अङ्क प्राप्त गरि ७५ औँ स्थान, भारत ४० अङ्क प्राप्त गरि ८६ औँ स्थान, श्रीलङ्का ३८ अङ्क प्राप्त गरि ९४ औँ स्थान, पाकिस्तान ३१ अङ्क प्राप्त गरि एक सय २४ औँ स्थान, बङ्गलादेश २६ अङ्क प्राप्त गरि एक सय ४६ औँ स्थान र अफगानिस्तान १९ अङ्क प्राप्त गरि १६५ औँ स्थानमा रहेका छन् ।

यस्तै, चीन ४२ अङ्क प्राप्त गरि ७८ औँ स्थानमा रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् १९९५ देखि हरेक वर्ष रिपोर्ट सार्वजनिक गर्दै आएको छ भने यसमा नेपाललाई सन् २००४ देखि समावेश गरिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...