कांग्रेस केन्द्रीय समितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दै
वि.सं.२०७७ माघ १३ मंगलवार ११:०३
2K
shares
काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्दैछ ।
बैठकमा सरकारविरूद्ध भइरहेका आन्दोलनको समीक्षा र भावी कार्यक्रम, पार्टीको महाधिवेशन तयारी तथा प्रदेशमा नेकपाकै दाहाल-नेपाल समूहले पेस गरेको अविश्वास प्रस्तावमा के गर्ने भन्नेबारे छलफलको तयारी भएको छ ।
प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहँदा कांग्रेस केन्द्रीय समिति बैठक पुष १९ गतेपछि पटकपटक स्थगित हुँदै आएको छ ।
विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने भन्ने अलमलका बीच बस्न लागेको केन्द्रीय समिति बैठकबाट आन्दोलनका थप कार्यक्रम तय गर्नुपर्नेमा पक्षमा धेरैजसो नेताहरु छन् ।
वि.सं.२०७७ माघ १३ मंगलवार ११:०३




















