YouTube Link

श्रीलंकालाई दोस्रो टेष्टमा इंग्ल्यान्डको ६ विकेटको जित

Facebook Link

एजेन्सी – श्रीलंकासँगको दोस्रो टेष्ट खेलमा इंग्ल्यान्डले ६ विकेटको जित निकाल्दै दुई टेष्ट खेलको सिरिजमा क्लिनस्वीप गरेको छ ।

उक्त विजयी लक्ष्य इंग्ल्यान्डले ४३.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

इंग्ल्यान्डका ओपनर डोम सिब्ले १ सय ४४ बलमा २ चौका सहित ५६ रनमा अविजित रहे ।

विकेटकिपर जस बटलर ४८ बलमा ५ चौका सहित ४६ रनमा अविजित रहे ।

ज्याक क्रली १३, जोनी बेयरस्टो २९, जो रुट ११ र ड्यान लरेन्स २ रनमा आउट भए ।

श्रीलंका स्पिनर लसिथ एम्बुल्डेनियाले ३ विकेट लिए ।

श्रीलंकाले पहिलो इनिङमा ३७ रनको अग्रता लिएको थियो ।

दोस्रो इनिङमा श्रीलंका ३५.५ ओभरमा १ सय २६ रनमा अल आउट भएपछि इंग्ल्यान्डले सामान्य लक्ष्य पाएको थियो ।

श्रीलंकाका लागि एम्बुल्डेनियाले तल्लोक्रममा ४२ बलमा ६ चौका र १ छक्का सहित सर्वाधिक ४० रनको योगदान दिए ।

कुशल परेरा १४, लाहिरु थिरिमाने १३, रमेश मेन्डिस १६ रन बनाउन बाहेक अन्य कुनैपनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।

इंग्ल्यान्डका ज्याक लेच र डोम बेसले ४–४ विकेट लिए ।

कप्तान जो रुटले २ विकेट लिएका थिए ।

इंग्ल्यान्ड पहिलो इनिङमा ३ सय ४४ रनमा अल आउट भएको थियो ।

इंग्ल्यान्डका कप्तान जो रुट ३ सय ९ बलमा १८ चौका सहित १ सय ८६ रनमा रन आउट हुन पुगेका थिए ।

रुटको टेष्ट करिअरको १९ औं शतक थियो ।

रुटले टेष्टमा ९ औं पटक १ सय ५० रनको माथिको इनिङ खेलेका हुन् ।

रुट तेस्रो दिनको अन्तिम समयमा रन आउट हुन पुगेपछि दोहोरो शतक बनाउन चुकेका थिए ।

यसअघि पहिलो टेष्ट खेलमा रुटले श्रीलंकाविरुद्ध २ सय २८ रनको उत्कृष्ट दोहोरो शतकीय इनिङ खेलेका थिए ।

पाँचौं विकेटका लागि रुट र जस बटलरले ९७ रनको साझेदारी गरेका थिए ।

बटलर ९५ बलमा ७ चौका सहित ५५ रनमा क्याच आउट भए ।

सातौं विकेटका लागि रुटले डोम बेससँग ८२ रनको साझेदारी गरेका थिए ।

बेस ९५ बलमा ४ चौका सहित ३२ रनमा आउट भए ।

साम करण १३, ड्यान लरेन्स ३ र मार्कवुड १ रनमा आउट भए ।

जोनी बेयरस्टो २८, ज्याक क्रली ५ र डोम सिब्लेले शून्यमा आउट भए ।

श्रीलंका अफस्पिनर लसिथ एम्बुल्डेनियाले ४१ ओभरमा ६ मेडन सहित १ सय ३२ रन खर्चेर ७ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको श्रीलंका पहिलो इनिङमा ३ सय ८१ मा अल आउट भएको थियो ।

श्रीलंका अनुभवी ब्याट्सम्यान एन्जिलो म्याथ्युजले २ सय ३८ बलमा ११ चौका सहित १ सय १० रनमा आउट भए ।

निरोसन डिक्वेला १ सय ४४ बलमा १० चौका सहित ९२ रनमा आउट भए ।

कप्तान दिनेश चान्डिमल १ सय २१ बलमा ४ चौका र १ छक्का सहित ५२ रनमा मार्कवुडको एलबिडब्लु धरापम परे ।

चौथो विकेटका लागि चान्डिमल र म्याथ्युजले १ सय १७ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए ।

तीव्र गतिका बलर जेम्स एन्डरसनले पाँचौं ओभरको पहिलो बलमा ओपनर कुशल परेरालाई ६ रनमा कप्तान जो रुटबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए ।

ओशादो फर्नान्डोलाई एन्डरसनले शून्यमै बोल्ड आउट गरे ।

लाहिरु थिरिमानेलाई एन्डरसनले जस बटलरबाट ४३ रनमा क्याच गराउँदै शीर्षक्रम धरासय बनाएका थिए ।

थिरिमानेले ९५ बलमा ५ चौका प्रहार गरे ।

तल्लोक्रममा दिलुरुवान परेरा १ सय ७० बलमा ८ चौका र १ छक्का सहित ६७ रनमा आउट भए ।

इंग्ल्यान्डका जेम्स एन्डरसनले २९ ओभरमा १३ ओभरमा ४० रन खर्चेर ६ विकेट लिए ।

मार्कवुडले ३ विकेट लिए ।

पहिलो टेष्टमा इंग्ल्यान्ड ७ विकेटले विजयी भएको थियो ।

कप्तान जो रुट खेलको ‘प्लेयर अफ द म्याच’ र सिरिज दुबै चुनिएका छन् ।

पहिलो टेष्टको पहिलो इनिङमा २ सय २८ रनको दोहोरो

शतकीय इनिङ खेलेका थिए । दोस्रो टेष्टमा १ सय ८६ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।

इंग्ल्यान्डले अव भारतसँग चार टेष्ट, पाँच टि२० आई र तीन ओडिआई खेलको सिरिज खेल्ने छ ।

पहिलो टेष्ट फेब्रुअरी ५ देखि चेन्नईमा सुरुहुने छ । श्रीलंका तत्काल सिरिज निश्चित छैन ।

यो पनि पढ्नु होस्

https://www.akhabarnepal.com/%e0%a4%ab%e0%a5%81%e0%a4%9f%e0%a4%b8%e0%a4%b2-%e0%a4%95%e0%a4%ae%e0%a4%bf%e0%a4%9f%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%b2%e0%a5%8b%e0%a4%97%e0%a5%8b-%e0%a4%a1%e0%a4%bf%e0%a4%9c%e0%a4%be%e0%a4%87/

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

ताप्लेजुङ गोल्डकप उपाधिका लागि सलहेस र फिदिम भिड्ने

वि.सं.२०८३ भदौ १८ बिहीवार ११:००

ताप्लेजुङ । चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि पाँचथरको...

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

नेपाल भलिबल लिगमा ३२ लाख नगद पुरस्कार

वि.सं.२०८३ भदौ १८ बिहीवार १०:३१

काठमाडौं : पुरुष भलिबलको फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...