YouTube Link

पैसा लिने पत्रकारहरुको नाम सार्वजनिक गर्न मन्थलीका नगरप्रमुखलाई चुनौति

Facebook Link

रामेछापः मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले नगरसभामा बोलेको विषयलाई लिएर नेपाल पत्रकार महासंघ लगायतका विभिन्न पेशागत संघ संगठनहरुले विरोध गरेका छन् ।

गत पुस २८ गते मंगलबार मन्थली नगरपालिकाको आठौं नगर सभामा नगर प्रमुख बस्नेतले आफ्ना धाराणा राख्ने क्रममा नगरसभामा पत्रकारहरुको अनुपस्थिति भएको विषयलाई लिएर व्यक्त अभिब्यक्ति अशान्दार्भिक, अनैतिक र अशोभनिय भएको भन्दै उनको सार्वजनिक भनाईप्रति उनीहरुले विरोध प्रकट गरेका हुन् ।

बिहीबार पत्रकारसँग सम्बन्धित विभिन्न संघ संस्थाहरुले जारी गरेको विज्ञप्तिमा पुस २८ गते नगर प्रमुखले नगरसभाको कार्यक्रममा बोल्दै पत्रकारहरुलाई खान र लिन पाउने भए लाईन लागेर आउथे, अन्यथा कार्यक्रममा किन आउथे ? भन्दै तल्लो स्तरको उपमा दिएको कुराले समग्र पत्रकार र पत्रकारीता पेशाप्रति अपमान गरेको उल्लेख गरिएको छ ।

विहीबार नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले छुट छुट्टै तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), नेपाल फोटो पत्रकार महासंघ, राष्ट्रिय दलित पत्रकारसंघ नेपाल, क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे),सञ्चारिका समुह रामेछाप र रिपोर्टस क्लब नेपालले संयुक्त रुपमा विज्ञप्ति निकालेर नगर प्रमुख बस्नेतलाई यस्तो चुनौती दिएका हुन् ।

विज्ञप्तिमा जिल्लामा पत्रकारिता गरिरहेका कुनैपनि व्यक्ति लाईन लागेर पैसा लिन या खान मन्थली नगरपालिकामा नगएको स्पष्ट पार्दै यदि कोहि पत्रकार खान र लिनका लागि नगरपालिकामा गएको भए तीनका नाम सार्वजनिक गर्न चुनौति दिन चाहन्छौं भनिएको छ ।

नगर सभामा पत्रकारहरुलाई नबोलाउने तर लाजै नमानी आएनन् भनेर आफ्नो हैसियत र सार्वजनिक पदको गरिमालाई समेत बिर्सेर पत्रकार र पत्रकारिता पेशाप्रति अपमान गर्ने नगर प्रमुखको उक्त भनाई प्रति घोर भत्र्सना गर्दछौं विज्ञप्ति मार्फत भनेका छन् ।

पत्रकारहरु पेशागत मर्यादा र तोकिएको आचारसंहिता बमोजिम आफ्नो धर्म निर्वाह गर्ने कुरामा सदैब सचेत र सतर्क छन्, कुनैपनि राजनीतिक दल या जनप्रतिनिधिलाई आँच पुग्ने गरी यस अघि कुनै कार्य नगरेको हाम्रो दावी छ, पेशागत मर्यादामा रही कलम चलाउने पत्रकारहरुलाई जे मनमा लाग्छ त्यहि बोल्ने र तल्लो स्तरमा झरेर गालीगलौज गर्ने अधिकार जनप्रतिनिधी लगायत कोहि कसैलाई नभएको कुरा समेत स्मरण गराउन चाहन्छौं जारी विज्ञप्तिमा भनिएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...