YouTube Link

रत्न, प्रिन्स, प्रफुल र दिपेश अन्तिम चारमा, प्रिन्सको बिश्व बरियतामा फड्को

Facebook Link

काठमाडौं: त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, उदियमान खेलाडी सिल्क ग्रुपका प्रिन्स दाहाल, आर्मीका प्रफुल महर्जन र एपिएफका दिपेश धामीले योनेक्स सनराईज १०औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग प्रतियोगिताको पुरुष उच्च १६ को अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

शुक्रबार गोलबजार कभर्डहलमा भएको क्वाटरफाईनल खेलमा रत्नले भोजपुरका बिकास श्रेष्ठलाई २१-१८, २१-१८ को समान अन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाए । अव रत्नले फाईनल प्रवेशका लागि सिल्क ग्रुपका प्रिन्ससँग प्रतिस्पर्धा गर्नेछन् ।

प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१-११, २१-१७ ले पन्छाउँदै सेमिमा स्थान बनाएका हुन् । यस्तै आर्मीका प्रफुलले एपिएफका गौतम कठायतलाई ९-२१, २१-१६, २१-१३ले पराजित गर्दै सेमिफाईनलमा एपिएफका दिपेश धामीसँगको भेट पक्का गरेका हुन् । दिपेशले आर्मीका रुकेश महर्जनलाई २१-१३, २१-९ ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिका, सिराहाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला उच्च १२ तर्फ भोजपुरकी नङ्गशलदेवी तामाङ्ग एपिएफकी शोभा गौचनलाई २१-६, २१-१५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी हुन् । उनले अव सेमिफाईनलमा जेशिका गुरुङ्गको सामना गर्नेछिन् ।

एपिएफकी जेशिकाले आफ्नै क्लबकी सुनयना मुखियालाई २१-९, २१-१७ ले पन्छाईन् । यस्तै आर्मीकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशीलाई २१-१७, २१-७ ले पराजित गर्दै आर्मीकै अमिता गिरीसँगको भेट पक्का गरिन् । गिरीले आर्मीकै अनुमाया राईलाई २१-१६, २१-९ ले पराजित गरिन् ।

गोलबजारस्थित नवनिर्मित कभर्डहलमा भएको उच्च १६ बाहेकको पुरुष एकल प्रतिस्पर्धामा सेनाका पविन लिनथेप भोजपुरका बिशाल तामाङ्गलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे । यस्तै अन्तिम आठ प्रवेश गर्नेक्रममा सेनाका डेभिड थापामगरले पुलिसका पुर्णबहादुर थापालाई कैलालीका देवराज रानाले पाँचथरका एशिया जबेगुलाई कञ्चनपुरका बिवेक चौधरीले सेनाका गोकुल जोरालाई सेनाका सन्तोष पनेरुले बाँकेका शिव थापालाई एपिएफका ईन्द्रबहादुर महताले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठलाई सेनाका दिवश शंकरले सोलुखुम्बुका पेम्बा शेर्पालाई र सेनाका आयुष्मान नागरीले एपिएफका निरञ्जन देवकोटालाई पराजित गरे ।

महिला तर्फ खोटङ्गकी रेनुका राई, बाँकेकी समिक्षा न्यौपाने, बिराट ब्याडमिन्टन क्लबका रोज पाण्डे र कञ्चनपुरकी अस्मीता सुनारले पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् । रेनुकाले पाल्पाकी सुष्मा बुद्धलाई समिक्षाले कञ्चनपुरकी बिणा बिष्टलाई रोजले एपिएफकी निकिता लामालाई तथा अस्मीताले पाल्पाकी जानुका कनौजलाई पराजित गरे ।

यस्तै झपाकी अंजना राईले कैलालीकी प्रियान्सी बमलाई एपिएफकी प्रेक्षा राईले कैलालीकी ऐलिना तिरवालाई तथा खोटाङ्गकी स्मिता राईले पाल्पाकी दिया शाक्यलाई पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएका हुन् । यस्तै अर्की खेलाडी कैलालीकी प्रार्थना देउवा वाई पाएर सिधै क्वाटरफाईनल प्रवेश गरेको डेपुटी रेफ्रि अनुप शाक्यले जनाएका छन् ।

उदियमान खेलाडी प्रिन्सको बिश्व बरियतामा फड्को

नेपालका उदियमान खेलाडी प्रिन्स दाहालले बिश्व जुनियर स्तरमा ठुलो फड्को मार्न सफल भएका छन् । बिश्व ब्याडमिन्टन महासंघले निकोलेको नयाँ बरियता क्रममा प्रिन्स ११औं स्थानबाट तेश्रो स्थानमा उक्लदै ईतिहास रच्न सफल भएका हुन् ।

७औं स्थानबाट डिसेम्बरमा ११ औं स्थानमा पुगेका प्रिन्स बिश्व ब्याडमिन्टन महासंघले आज निकालेको नयाँ बरियतामा जुनियर यु १९ मा तेश्रो स्थान पुग्न सफल भएका हुन् । नेपाली खेलाडीले बिश्व ब्याडमिन्टन बरियतामा प्राप्त गरेको यो ठुलो उपलब्धी हो । यसका साथै दाहालले बिश्व ब्याडमिन्टन मञ्चमा नेपालको शानलाई उच्च राख्न समेत योगदान पुर्याएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

मैनावती फुटबल क्लबले उचाल्यो सुनुवार राष्ट्रसेवक कपको उपाधी

वि.सं.२०८३ असोज २६ सोमवार १२:२३

काठमाडौं: दोस्रो संस्करणको सुनुवार राष्ट्रसेवक कप फुटसल प्रतियोगिता २०८३ को...

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

युनिक मःमः ले चुम्यो गोकर्णेश्वर राष्ट्रिय सेभेन ‘ए’ साइड भेट्रान फुटबलको उपाधि

वि.सं.२०८३ असोज १९ सोमवार १७:५२

काठमाडौं: जोरपाटी फुटबल क्लवद्वारा आयोजित गोकर्णेश्वर राष्ट्रिय सेभेन 'ए' साइड...