YouTube Link

अवैध लागू औषध सहित विभिन्न ठाउँबाट ६ जना पक्राउ

Facebook Link

काठमाडौं: काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित गेष्ट हाउसबाट ३ किलो अवैध लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका-४ गाईघाट ठेगाना भएका २७ वर्षीय सुरज चौधरी र सल्यान त्रिवेणी गाउँपालिका-७ लुहाम ठेगाना भएका २४ वर्षीय कुमार बिक रहेका छन् ।

गेष्ट हाउसमा लागूऔषधको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरू बसेको कोठा तलासी गर्दा कालो झोलाभित्र लुकाई राखेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाईएको उक्त महाशाखाले जनाएको छ ।

ललितपुर महानगरपालिका-२ सानेपास्थित सडकबाट नियन्त्रित लागूऔषध १ सय ४१ एम्पुल डाईजेपाम, १ सय ४१ एम्पुल बुप्रेनोर्फिन र १ सय ४१ एम्पुल फेनारगन सहित सप्तरी खडक नगरपालिका-५ ठेगाना भएका ४५ वर्षीय रामचन्द्र मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनलाई लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ ।

यसैगरी झापा, शिवसताक्षी नगरपालिका-१० बाट ९ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय गोपी शर्मा, कचनकवल गाउँपालिका-६ बस्ने २६ वर्षीय मदन मैनाली र सप्तरी सप्तकोशी नगरपालिका-१ फत्तेपुर बस्ने अमर बराल रहेका छन् ।

लागूऔषधको सेवन एवं कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

र यो पनि पढ्नुहोस्ः
काठमाडौं उपत्यकका सामुदायिक तथा निजी विद्यालयहरु माघदेखि क्रमशः खुल्ने
कांग्रेसको १४औं महाधिवशेन तोकिएको समयमा नहुने निश्चित
काभ्रेको बनेपा नगरपालिकामा ग्याँस उद्योगको ट्याङ्की विस्फोट हुँदा तीन जना घाइते

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...