समय कष्टकर खालको हुनेछ । कार्यमा ढिलाइ हुने वा झन्मझट बेहोर्नुपर्ने, मानसिक चिन्ता अथवा भयले सताउने, खानपान र स्वास्थयमा गडबडी आउन सक्छ । अनावश्यक खर्च, झगडा, र विवादबाट टाढा रहनुहोला, रोजगार सम्बन्धि समस्याले अथवा पारिवारीक समस्याले मन खिन्न हुनेछ, सवारीसाधन सावधानीपूर्वक चलाउनुहोला, वैदेशिक व्यापार तथा लगानीको लागि समय राम्रो छ ।
वृष–TAURUS (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय राम्रो रहनेछ । वैवाहिक सुख, पारिवारिक जमघट, वाणिज्य र व्यवसायमा लाभ, पार्टनरशीपमा व्यवसायमा राम्रो हुने, प्रेम सम्बन्ध तथा दाम्पत्य जीवन आनन्दमय हुने, भोगविलास मनोरन्जनमा रुचि जान सक्नेछ । व्यवसायमा रोकिएको कार्य बन्न सक्नेछ । शत्रु जनित पीडाबाट मुक्ति पाइनेछ । शेयर तथा व्यापार व्यवसायमा राम्रो लगानी हुने योग छ ।
मिथुन–GEMINI (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिन राम्रो रहनेछ । कार्यबोझबाट मुक्त भइनेछ, स्वास्थ्य राम्रो रहने, आदर सत्कार र आनन्द प्राप्त हुने खालको दिन छ, गुप्त शत्रुहरु पराजित हुनेछन, आर्थिक लाभ, मुद्दा मामिला लगायत अन्य कुराहरुमा सोचे अनुसार हुनुको साथै पारिवारिक सुख पाइने योग देखिएको छ, कार्यस्थलमा सहयोग पाइने, विद्यार्थीहरुलाइ समय राम्रो छ । लगानीको लागि दिन उत्तम रहनेछ ।
कर्कट–CANCER (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिशेष मेहनत गर्नुपर्ने दिन छ । आज अलि कार्यबोझ थपिनसक्छ अथवा कार्यमा विध्न बाधा व्यवधानहरु आउने योग छ । आज लगानी वा खर्चगर्दा ध्यान पुरयाउनुहोला । आफनो तथा वा सन्तानको स्वास्थ्यको चिन्ता गर्नुपर्ने योग देखिएको छ । अपयशको भागी हुनसक्ने दिन भएकोले आज विवादबाट भने टाढै रहनुहोला । लगानीलाइ आज दिन ठीक छैन ।
सिंह–LEO (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
चिन्ताबाट बच्नुपर्ने दिन छ, खर्च वृद्धि हुनसक्छ, कार्यमा अवरोध र स्वास्थयमा समस्या आएर दुखकष्ट अलि बढी पाइने सम्भावना पनि छ, आरोप लाग्ने डरले सताउने, नजिककाहरुसँग वैमनस्यता बढने, धर्मकर्ममा अरुचि, यात्रा वा भ्रमण हुनसक्ने, पारिवारीक तथा दाम्पत्य सुखमा कमी, कलह, विवाद जस्ता अशोभनीय फल प्राप्त हुन सक्ने सम्भावना रहेकोले सावधानी अपनाउनुहोला ।
कन्या–VIRGO (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मन प्रसन्न हुने खालको दिन छ । मनमा नयाँ विचार आउनसक्छ, कार्यमा सफलता, छोटा दुरीको यात्रा वा भ्रमण, धनलाभ, आरोग्यता प्राप्ति, वस्त्र लाभ अथवा वाहन सुखको योग छ, अरुले तँपाइको कदर गर्नेछन । दाम्पत्य जीवनमा सुख प्राप्तिको साथै मित्रहरुको साथ र सहयोग पाइनेछ, शत्रुहरुले बिगार्न सक्ने छैनन, लगानीलाइ आज दिन राम्रो छ ।
तुला–LIBRA (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफना सिमीतता र सम्भावनालाइ मध्यनजर गरेर प्रयास गर्नुभएमा तँपाइ आफूले केही नयाँ वा बढी प्राप्त गर्न सक्नुहुनेछ, अनावश्यक घुमफिर र खर्चबाट आज जोगिनुभएमा आजको दिन सुखद रहनेछ, घाउचोटपटक, आगो, करेन्ट अथवा तातो चिजहरुबाट भने सावधान रहनुहोला, व्यवसायीहरुलाइ तथा नयाँ लगानीलाइ भने दिन अनुकुल छैन ।
दिन राम्रोरहनेछ, आरोग्यता प्राप्ति, भौतिक संशाधन, वस्त्र तथा उपहार आदि प्राप्त हुने वा खरीद गर्न सकिने, मित्र तथा नजीककाहरुले सहयोग गर्ने, रमाइलो जमघट र मिठो भोजनमा समय बित्ने, अरुबाट आदरसत्कार पाइने सम्भावना छ । भोगविलास, शैयया सुख, वैवाहिक सुख तथा प्र्रेम सम्बन्धको लागि दिन राम्रो हुनेछ । व्यापारिक वर्ग, व्यावसायीक साझेदारी वा अन्य किसिमको लगानीको लागि आज दिन ठीक छ ।
धनु–SAGITTARIUS (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समय राम्रो छैन । अनावश्यक खर्च, शारिरिक कष्ट, स्वास्थयमा समस्या आउने, मानसिक चिन्ता, शोक पर्न सक्ने सम्भावना छ । घाउ चोटपटक वा दुर्घटना हुनसक्ने भएकोले विशेष सावधानी राख्नुपर्नेबेला छ, आत्मविश्वासलाइ जोगाउनुहोला आलस्यताले काम बिग्रन सक्छ विद्यार्थीहरुले अलि मेहनत गर्नुपर्ने दिनछ ।
मकर–CAPRICORN (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
भाग्यले साथ दिनेछ, आय आम्दानी बढनसक्ने, सोचेको काम बन्ने भएकोले इमान्दारीसँग प्रयास गर्नुहोला, बन्धु तथा मित्र सुख प्राप्त हुने योग देखिएको छ, आरोग्यता तथा धनधान्यको प्राप्ति हुने वा शुभ समाचार आउनसक्छ । भोगविलास र रमाइलो खानपानमा समय बित्न सक्नेछ, व्यापार व्यवसाय र लगानीको लागि दिन शुभ छ ।
दिन राम्रो रहनेछ, परिवर्तन खोजिरहनुभएको छ भने समय राम्रो छ । ईच्छित फल प्राप्त हुने अथवा शुभ समाचार आउनसक्नेछन । गरेका कामहरुमा सफलता प्राप्त हुने, कर्मक्षेत्रमा मानसम्मान, कदर प्राप्त हुने योग छ । अर्थात अरुहरुले तँपाइको मेहनत र विचारको प्रशंसा गर्नसक्नेछन्, आफूभन्दा वरिष्ठ व्यक्तिको सहयोग पाइने सम्भावना छ, पारिवारीक तथा भौतिक सुखको लागि दिन राम्रो छ ।
मीन–PISCES (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
समय अनूकूल छैन । बिनाकारण विवाद हुने अथवा आरोप लाग्ने सम्भावना छ । कुटुम्ब हानी तथा मानसम्मानमा कमी आउने, तामसिक भोजन हुने, शारिरिक पीडा तथा रोग व्याधिले सताउनेयोग छ, जति राम्रो गरेपनि अरुबाट जस पाइने छैन, सन्तान सम्बन्धि चिन्ता लिनु पर्नेहुनसक्छ, कामको धपेडि पर्ने वा कामको सिलसिलामा भ्रमण पनि हुने योग छ । लगानीको लागि दिन अनुकुल छैन ।