YouTube Link

नेकपा विवाद: अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद नछाडेसम्म दाहाल र नेपाल चुप नलाग्ने पक्षमा

Facebook Link

काठमाडौं: नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा फरक राजनीतिक प्रस्ताव पेश गरेपछि यतिबेला नेकपाको राजनीतिक तरंगित छ ।

कार्यकारी अध्यक्ष दाहालले वरिष्ठ नेताहरुकै सल्लाहमा राजनीतिक प्रस्ताव पेश गरेका हुन् । शुरुमा दाहालको एकल प्रस्ताव भनिएपनि पछि वरिष्ठ नेताहरुले त्यो साझा धारणा भएको प्रतिक्रिया दिएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौति बढेको छ ।

दाहालकै कारण ओली प्रधानमन्त्री बनेको, पार्टीलाई दुई तिहाई बहुमत प्राप्त भएको र ऐतिहासिक रुपमा ५ बर्षे सरकारको नेतृत्व गर्न पाएका उनलाई अहिले सत्ता छाड्ने कि दाहाल फाल्ने भन्नेमा द्धिविधा छ ।

शुरुवातदेखि नै पूर्व एमालेकै नेताहरुको मन जित्न नसकेका ओलीले अहिले पार्टीबाट लगभग एक्लो भएका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमा दाहालले ओलीमाथि सबै किसिमका आरोप लगाएपछि ओली गुट झस्किएको छ ।

शुरुमा प्रस्ताव फिर्ता लिन दबाब दिएका ओली पक्षका नेताहरु अहिले कसरी सो प्रस्तावमाथि छलफल अगाडी बढाउने भन्नेमा पनि अलमलमा छन् । यसै विषयमा शनिबार प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि आन्तरिक परामर्श गरेका छन् ।

ओलीविरुद्ध एकपछि अर्को चाल बुनिरहेका पुष्पकमल दाहाल यतिबेला प्रधानमन्त्री बन्ने धुनमा छन् । ओलीकै नेतृत्वमा चुनावमा जाँदा अहिले आएको बहुमत जोगिने सम्भावना नभएपछि आगामी चुनावमा सत्ता सुरक्षित गर्न दाहाल प्रधानमन्त्री बन्न चाहेको देखिन्छ ।

तर ओलीले पद छाड्न मानेका छैनन् । ओलीले प्रधानमन्त्री पद मात्रै होइन, नेकपाको अध्यक्ष पद नै छाड्न मानेका छैनन् । अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद नछाडेसम्म दाहाल र माधव नेपाल पनि चुप लाग्ने पक्षमा छैनन् ।

र यो पनि पढ्नुहोस्

हङकङमा नेपालीले सञ्चालन गरेको रेष्टुरेण्टमा आगलागी हुँदा ७ जना नेपालीको मृत्यु
तिहारको अन्तिम दिन आज भाइटीका, बिहान ११:३७ मा उत्तम साइत, बालगोपालेश्वर खुला, नेपाल संवत् ११४१ मनाइँदै
युरोकप जुन ११ देखि सुरु हुने, कुन टिम कुन समुहमा
यूईएफए नेसन्स लिगमा बेल्जियद्वारा इग्ल्याड २–० गोल अन्तरले पराजित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...