YouTube Link

नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आज, कसले मार्ला बाजी ?

Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमले आज दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत पहिलो खेलमा पराजित नेपालले दोस्रो खेलमा बंगालदेशसंग खेल्न लागेको हो ।

दोस्रो खेलमा नेपालले जित निकाले सिरिजको ट्रफीका लागि ट्राइवेकर गर्ने आयोजक बंगलादेशले यसअघि नै निर्णय गरेको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो । शुक्रबार बंगबन्धु रंगशालामा निकै फितलो प्रदर्शन गरेको नेपाल २–० ले स्तव्ध हुनुपरेको थियो ।

त्यसैले आजको खेलमा जित निकाल्दै नेपाल मैत्रीपूर्ण सिरिजको सुखद बिदाई र बंगलादेशसंग बदलाको खोजिमा हुनेछ ।

पहिलो खेलमा ३ नयाँ खेलाडीलाई डेब्यू दिएको नेपालले दोस्रो खेलमा केही अनुभवी खेलाडीलाई मैदान उतार्ने सम्भावना छ ।

अघिल्लो खेलमा डेब्यू गरेका विकास खवासले यो खेलमा पनि प्लेयिङ ११ मा स्थान बनाउने सम्भावना छ भने एरिक विष्ट र दर्शन गुरुङले समेत स्थान बनाउने सम्भावना छ ।

पहिलो खेल नखेलेका रजिन धिमाल आजको खेलमा उपस्थित हुनेछन् ।

कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए ।

यस्तै पहिलो खेलमा चोट बोकेका मिडफिल्डर बिक्रम लामाको सम्भावनाबारे बंगलादेशबाट कुनै प्रतिक्रिया आएको छैन ।

अघिल्लो खेलमा बिक्रमले चोट बोकेपछि उनको स्थानमा एरिक बिस्टले डेब्यूको मौका पाएका थिए ।

यस्तै अघिल्लो खेलमा सुरुवाती ११ मा पर्न नसकेका भरत खवासले यो खेलमा पहिलो रोजाइमा स्थान बनाउने स्रम्भावना छ ।

बंगलादेश पनि नेपालविरुद्ध जित निकाल्दै मुजिब वर्ष सिरिज हात पार्न चाहान्छ । बंगलादेशलाई कम्तिमा बराबरीको नतिजाले पनि ट्रफी दिलाउने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

बालोन डि’ओरको उपाधि ह्यारी केन र एलेक्सिया पुतेलासले जिते

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:०१

काठमाडौं: बायर्न म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन र बार्सिलोनाकी कप्तान...

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

एनपीएलको उदघटन खेलमा लुम्बिनी र सुदूरपश्चिम आमने सामने हुँदै

वि.सं.२०८३ कात्तिक ९ सोमवार ११:०५

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि टियु...