YouTube Link

नेपाल र बंगलादेशबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आज, कसले मार्ला बाजी ?

Facebook Link

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमले आज दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत पहिलो खेलमा पराजित नेपालले दोस्रो खेलमा बंगालदेशसंग खेल्न लागेको हो ।

दोस्रो खेलमा नेपालले जित निकाले सिरिजको ट्रफीका लागि ट्राइवेकर गर्ने आयोजक बंगलादेशले यसअघि नै निर्णय गरेको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल पराजित भएको थियो । शुक्रबार बंगबन्धु रंगशालामा निकै फितलो प्रदर्शन गरेको नेपाल २–० ले स्तव्ध हुनुपरेको थियो ।

त्यसैले आजको खेलमा जित निकाल्दै नेपाल मैत्रीपूर्ण सिरिजको सुखद बिदाई र बंगलादेशसंग बदलाको खोजिमा हुनेछ ।

पहिलो खेलमा ३ नयाँ खेलाडीलाई डेब्यू दिएको नेपालले दोस्रो खेलमा केही अनुभवी खेलाडीलाई मैदान उतार्ने सम्भावना छ ।

अघिल्लो खेलमा डेब्यू गरेका विकास खवासले यो खेलमा पनि प्लेयिङ ११ मा स्थान बनाउने सम्भावना छ भने एरिक विष्ट र दर्शन गुरुङले समेत स्थान बनाउने सम्भावना छ ।

पहिलो खेल नखेलेका रजिन धिमाल आजको खेलमा उपस्थित हुनेछन् ।

कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए ।

यस्तै पहिलो खेलमा चोट बोकेका मिडफिल्डर बिक्रम लामाको सम्भावनाबारे बंगलादेशबाट कुनै प्रतिक्रिया आएको छैन ।

अघिल्लो खेलमा बिक्रमले चोट बोकेपछि उनको स्थानमा एरिक बिस्टले डेब्यूको मौका पाएका थिए ।

यस्तै अघिल्लो खेलमा सुरुवाती ११ मा पर्न नसकेका भरत खवासले यो खेलमा पहिलो रोजाइमा स्थान बनाउने स्रम्भावना छ ।

बंगलादेश पनि नेपालविरुद्ध जित निकाल्दै मुजिब वर्ष सिरिज हात पार्न चाहान्छ । बंगलादेशलाई कम्तिमा बराबरीको नतिजाले पनि ट्रफी दिलाउने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

रसुवाको विनाशकारी बाढी बारे यस्तो छ प्रधानमन्त्रीको ब्रिफिङ

वि.सं.२०८३ भदौ १७ बुधवार १४:३५

काठमाडौं: भदौ १० मा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले...

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...