यूईएफए नेसन्स लिगमा बेल्जियद्वारा इग्ल्याड २–० गोल अन्तरले पराजित

वि.सं.२०७७ मंसिर १ सोमवार ०९:५०
1.2K
shares
काठमाडौं: यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले इग्ल्याण्डलाई २–० ले हराएको छ ।
घरेलु मैदान हाभेर्लीमा आइतवार राति भएको खेलमा बेल्जियमलाई जिताउन युरी टेलिमान्स र ड्रिएस मेर्टेन्सले एक/एक गोल गरे ।
बेल्जियमले पहिलो हाफमै दुई गोल गरेको हो ।
जितसँगै समूग ‘ए’ को समुह २ मा रहेको बेल्जियमले चार खेलमा १२ अंक जोडेको छ ।
शीर्ष स्थानमा रहेको बेल्जियमले अर्काे चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
बेल्जियमसँग हारेको ईग्ल्याण्डको भने अर्काे चरण पुग्ने सम्भावना सकिएको छ ।
ईग्ल्याण्ड पाँच खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा छ ।
अब बेल्जियमले बिहिवार समुह चरणको अन्ति खेलमा दोस्रो स्थानमा रहेको डेनमार्कसँग खेल्नेछ ।
त्यस्तै इग्ल्याण्डले आइसल्याण्डसँग खेल्नेछ ।

वि.सं.२०७७ मंसिर १ सोमवार ०९:५०