कोरोना संक्रमणबाट भरतपुर महानगर-२० का वडाध्यक्षको निधन
वि.सं.२०७७ असोज २५ आइतवार १५:१९
1.4K
shares
चितवन : कोरोना संक्रमणबाट भरतपुर महानगरपालिका-२० का वडाध्यक्ष मणिलाल तामाङको निधन भएको छ । उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज २३ गते भरतपुर अस्पताल भर्ना गरिएको थियो ।
असोज १४ गते पीसीआर परीक्षण गरिएकोमा १६ गते उनलाई कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । ६९ वर्षीय तामाङको भरतपुर अस्पतालमा उपचारको क्रममा आइतबार बिहान ११:३० बजे मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
मधुमेह, उच्च रक्तचापको समस्या भएका उनमा अक्सिजनको मात्रा ४० मा झरेपछि सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो । उनी गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।
वि.सं.२०७७ असोज २५ आइतवार १५:१९




















