YouTube Link

कोरोना कहरका बेला अग्रपंक्तिमा खटिएका तीन संगठनका सुरक्षाकर्मीको तलब भत्ता रोकियो

Facebook Link

काठमाडौं: कोरोना महामारीका बेला अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीहरुको तलब रोकिएको छ ।

महामारी शुरु भएदेखि नै सुरक्षाकर्मीको भत्ता नआएको चार महिनापछि तलब पनि रोकिएको हो । सरकारकै प्राविधिक कमजोरीका कारण सुरक्षाकर्मीले तलब पाउन नसकेका हुन् ।

महालेखा नियन्त्रकको कार्यालयले विकास गरेको नयाँ सफ्टवेयरमा डाटा इन्ट्री हुन नसक्दा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तलब रोकिएको जनाइएको छ ।

भदौ महिना सकिन लाग्दा पनि सुरक्षाकर्मीले साउनकै तलब पाउन सकेका छैनन् । तीन संगठनका सुरक्षाकर्मीको तलब रोकिएपछि काम गर्न जाँगर मरेको उच्च अधिकारीहरुको भनाई छ ।

भत्ता दिने भनेको सरकारले तलब समेत नदिएपछि केही सुरक्षाकर्मी आक्रोशित बनेका छन् ।

महालेखामा नयाँ सफ्टवेरमा डाटा इन्ट्रि गर्न समय लाग्ने भएपछि तलब रोकिएको दाबी छ । भत्ता दिने भनेर सबैभन्दा बढी जोखिममा रहेका नेपाल प्रहरी काममा खटिएपनि भत्ता पाउन सकेका छैनन् । कतिपय सुरक्षाकर्मी आफैले आफ्नै पैसामा पीसीआर परीक्षण गर्नुपरेको छ ।

सरकारले चार महिनाअघि कोरोना भाइरसको महामारीमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।

यस्तै संक्रमित, आइसोलेसनमा रहेका र आशंका गरिएका विरामीको सुरक्षार्थ खटिएका र पीपीई लगाउन नपर्नेका लागि ५० प्रतिशत भत्ता दिने भनिएको थियो । लकडाउन र सामाजिक दूरी कायम गर्न खटिने सुरक्षाकर्मीलाई दैनिक ३ सय रुपैयाँ प्रोत्साहन भत्ता पाउने भनिएको थियो ।

तर अहिले पनि भत्ता नदिएपछि सुरक्षाकर्मी निराश छन् । त्यसमाथि अहिले सयौ प्रहरी, केही नेपाली सेना र सशस्त्र प्रहरी नै संक्रमित हुँदा पनि सरकारबाट पाउनुपर्ने उचित सेवा, सुविधा र हौसला पाउन सकेका छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...