रामेछापको मन्थलीमा एक युवकद्वारा आत्महत्या
वि.सं.२०७७ भदौ १८ बिहीवार १४:२५
1.5K
sharesरामेछापः रामेछापको मन्थलीमा एक युवकले आत्महत्या गरेका छन् ।
लिखु तामाकोशी गाउँपालिका-७ स्थायी ठेगाना भई हाल रामेछाप पोलिटेक्निकल इस्टिच्युटमा भेटेरिनरी पढ्दै गरेका १७ वर्षिय उमेश बुढाथोकीले आत्महत्या गरेका हुन् ।
आफ्नै डेरामा रहेको पङ्खामा झुण्डिएको अवस्थमा भेटेको उनका बुबा ज्ञानबहादुर बुढाथोकीले बताए ।
बिहान उसलाई पटक-पटक फोन गर्दा उसको फोन नउठेपछि डेरामा हेर्न आउँदा यस्तो अवस्थामा भेटें- बुढाथोकीले बताए ।
बुढाथोकीले आत्महत्या गर्नुपूर्व सुसाइट नोट समेत छोडेको प्रहरीले जनाएको छ ।
सुसाइट नोटको आधार हेर्दा उनले आत्महत्या गर्नुको कारण कसैको माया प्रेमको कारण रहेको अनुमान गरिएको छ ।
बुढाथोकीले खादाको पासो लागाएर आत्महत्या गरिएको घटनास्थलमा देखिन्छ ।
उनले ग्याँस सिलिण्डरमा चढी पङ्खामा पासो लागेको अवस्थामा घटनास्थल देखिएको छ ।
वि.सं.२०७७ भदौ १८ बिहीवार १४:२५



















