YouTube Link

रातो मछिन्द्रनाथको रथ तानिरहँदा ललितपुरको पुल्चोकमा युवा र प्रहरीबीच झडप, रथयात्रा रोक्छौः सीडीओ भट्ट

World Cup 2026
Facebook Link

काठमाडौं: रातो मछिन्द्रनाथको रथ तानिरहँदा प्रहरीले हस्तक्षेप गरेपछि ललितपुरको पुल्चोक तनावग्रस्त बनेको छ ।

प्रहरी र स्थानीय युवाहरुबीच झडप हुँदा पुल्चोक तनावग्रस्त बनेको हो । रथ तानिरहेका बेला प्रहरीले रोकेपछि झडप भएको हो ।

प्रहरीले युवाहरुलाई रोक्दै पानीको फोहरा हान्न शुरु गरेपछि युवाहरुले ढुंगामुढा गरेका हुन् । झडप बढेपछि प्रहरीले अश्रुग्यास हानेर भीडलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

सीडीओले भने- रातो मछिन्द्रनाथ रथयात्रा रोक्छौं
यसैबीच ललितपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाकाबीच सुरु भएको रातो मछिन्द्रनाथको रथयात्रा रोक्ने बताएको छ ।

बिहीबार बिहानदेखि युवाहरूले स्वतस्फूर्त रूपमा सुरु गरेको रथयात्रालाई तितरबितर बनाउने तयारी भएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

उनले भने ‘रथयात्रा, जात्रापर्व जस्तो धेरै मान्छे भेला हुने पर्व निषेध गरेकोले रथयात्रा हुन सक्दैन । हामी भिडलाई तितरबितर बनाउने तयारीमा छौं ।’ ललितपुरमा बिहीबारदेखि निषेधाज्ञा तेस्रो सातामा प्रवेश गरेको छ ।

गत असार १० गते बनाइएको रातो मछिन्द्रनाथको रथारोहण भइसकेपछि पनि रथयात्रा भने रोकिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...