अल्ट्रासाउण्ड मेसिन चोरी गरेको आरोपमा दुई डाक्टर पक्राउ
वि.सं.२०७७ जेठ २८ बुधवार २१:५४
1.5K
shares
ललितपुरः पाटन अस्पतालमा कार्यरत दुई चिकित्सकहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा डा. प्रवीण मिश्र र रमेशकुमार शर्मा रेहका छन् । उनीहरुले पाटन अस्पतालको आईसियु कक्षबाट पोर्टेवल अल्ट्रासाउण्ड मेसिन चोरी गरेको आरोपमा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
२० लाख ७९ हजार रुपैयाँ पर्ने सो मेसिनलाई स्वास्थ्यकर्मी व्यस्त रहेको मौकामा उनीहरुले चोरी गरेको प्रहरीले जनाएको छ । डा मिश्र बर्दिबासको निजी अस्पतालमा कार्यरत चिकित्सक हुन् । गत १७ जेठमा मेसिन चोरी भएपछि अस्पतालले प्रहरीमा उजुरी गरेको थियो । अनुसन्धानबाट सोही अस्पतालमा कार्यरत चिकित्सकको संलग्नता देखिएकाले पक्राउ गरिएको ललितपुर प्रहरीका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।
‘उहाँहरुलाई चोरीको आरोप लागेको छ हामीले नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेका छौ’, एसएसपी राईले भने । उनीहरुलाई चोरी मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ । मेसिन पनि प्रहरीले बरामद गरेको छ ।
वि.सं.२०७७ जेठ २८ बुधवार २१:५४




















