YouTube Link

रामेछापमा कोरोना भाईरस नियन्त्रणका लागि विभिन्न देशबाट फर्किएका ५४ जनालाई क्वारेन्टाइनमा राखियो

Facebook Link

रामेछापः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि रामेछापमा क्वारेन्टाइनमा बस्नेको संख्या ५४ जना पुगेको छ । भाइरस संक्रमण नियन्त्रणका लागि भारत लगायत विभिन्न देशबाट फर्किएका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

रामेछापको गोकुलगंगा गाउँपालिकामा ७ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा ६ जना, रामेछाप नगरपालिकामा १७ जना, खाँडादेवी गाउँपालिकामा १० जना र लिखुतामाकोशी गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानाएको छ ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका ८ वटै स्थानीय तहले आइसोलेसन केन्द्र र सामुदायिक क्वारेन्टाइन स्थल स्थापना गरेका छन् । जिल्लामा आवश्यक पर्दा चिकित्सक गएर उपचार गर्न सक्ने ४५ वटा आइसोलेसन कक्ष र १ सय ६७ जना अट्ने क्वारेन्टाइनस्थल स्थापना गरिएको छ ।

हालसम्म मन्थली नगरपालिकामा २२, रामेछाप नगरपालिकामा ४, दोरम्बा गाउँपालिकामा ७ र सुनापति गाउँपालिकामा ६ वटा आइसोलेसन सेन्टर स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानाएको छ । त्यसैगरी, मन्थली नगरपालिकामा २०, रामेछाप नगरपालिकामा ६०, दोरम्बा गाउँपालिकामा ८, खाँडादेवी गाउँपालिकामा २०, गोकुलगंगा गाउँपालिकामा १५, उमाकुण्ड गाउँपालिकामा २८ र लिखु तामाकोशी गाउँपालिकामा १६ जना अट्ने क्वारेन्टाइनस्थल तयार पारिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जानाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...