YouTube Link

नेपाल-भारत सीमानाका बैतडीको झुलाघाट आजदेखि तीन दिनका लागि बन्द

World Cup 2026
Facebook Link

बैतडी: नेपाल-भारत सीमानाका बैतडीको झुलाघाट आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढमा अक्टोबर ५ तारेख (असोज १८ गते ) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुने भएकाले सीमा नाका बन्द हुन लागेको प्रमुख जिल्ला अधिकारीले जनाएको छ ।

निर्वाचन सुरक्षा संवेदनशिलता कारण सीमा नाका बन्द गर्ने बिषय दुवै देशक अधिकारीबीच छलफल भएको जनाइएको छ । आज साँझ सवा पाँच बजेदेखि असोज १८ गते साँझ सवा पाँच बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सिमा (पुल) बन्द हुने भएको छ । यस्तै अक्टोवर १६ तारेख (असोज २८ गते) दिन भारतको धार्चुलामा पनि पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुने हुँदा निर्वाचनको बेला अवाञ्छित क्रियाकलाप नहोउन भनेर दार्चुलाको सीमानाका पनि बन्द हुने भएको हो । उक्त नाका असोज २७ गते साँझ सवा पाँच बजेदेखि असोज २९ गते साँझ सवा पाँच बजेसम्म बन्द हुने जनाईएको छ ।

दशैंका बेला सीमानाका बन्द भएपछि भारतबाट घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ । दशैंका लागि घर फर्कनेको सीमा नाकामा घुँइचो लागेको छ । बिरामी तथा अन्य आकस्मिक कामका लागि नाका खोल्नुपरेमा आपसी सहमति खोलिने जनाइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

कम्युनिष्टकै बाटोमा कांग्रेस

कम्युनिष्टकै बाटोमा कांग्रेस

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:२०

काठमाडौं: कुनैपनि राजनीतिक दल स्थापना र सञ्चालनका निम्ति विचार, सिद्धान्त,...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु, ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु, ५ लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी

वि.सं.२०८२ चैत १९ बिहीवार ०८:०३

काठमाडौं: माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।...