YouTube Link

विपक्षी सांसदप्रति अमेरिकी राष्ट्रपतिको आपत्तिजनक टिप्पणी

Khanepani Dhal
Facebook Link

एजेन्सी: अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महाअभियोगको प्रस्तावलाई लिएर विपक्षी डेमोक्रेटिक सांसदहरुप्रति अश्लील र आपत्तिजनक भाषा प्रयोग गर्दै निन्दा गरेका छन् । फिनल्यान्डका राष्ट्रपति साउली निइनिस्टियोसँगको संयुक्त पत्रकार सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले अश्लील भाषा प्रयोग गर्दै डेमोक्रेटिक नेताहरुप्रति आक्रोश पोखेका हुन् ।

उनले डेमोक्रेटिक नेताहरुलाई बेइमान र देशद्रोहीको संज्ञा दिए । युक्रेनका राष्ट्रपतिलाई ट्रम्पले आफ्ना राजनीतिक प्रतिस्पर्धी जो बाइडन र उनका छोरालाई भ्रष्टाचारको मुद्दामा कारबाही गर्न टेलिफोन गरि आग्रह गरेको विषयमा उनीमाथि महाअभियोगको प्रस्ताव अघि बढेको छ । महाअभियोगका सम्बन्धमा गठित समितिले ह्वाइट हाउससँग टेलिफोन कुराकानीको पूर्ण विवरण मागेपछि राष्ट्रपति ट्रम्प आक्रोशित हुँदै आएका छन् । पत्रकार सम्मेलनका क्रममा उनको धेरै आक्रोश हाउस इन्टिलिजेन्सका अध्यक्ष एडम सिफतिर थियो ।

राष्ट्रपति ट्रम्पले अध्यक्ष सिफलाई अपराधी र इज्जत नभएको मान्छे भन्दै राजीनामा माग गरे । उनले यस्ता व्यक्तिलाई देशद्रोहीका रुपमा हेरिनुपर्ने पनि जिकिर गरे । राष्ट्रपति ट्रम्पले सम्पूर्ण अनुसन्धानलाई छल र अमेरिकी जनतामा कपटपूर्ण अपराधको संज्ञा दिँदै छानविनलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

चिनियाँ नयाँ वर्षको अवसरमा नेपाली युवा टोली र चीनको युनानले मैत्रीपूर्ण फुटबल खेल्दै

वि.सं.२०८१ फागुन २ शुक्रवार १८:२९

काठमाडौं: चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा)...

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

वि.सं.२०८१ फागुन २ शुक्रवार ११:०१

काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका...

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न रेखा पौडेल नेपाल फर्किँदै

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:२३

काठमाडौं: व्यवसायीक फुटबल खेल्नका लागि युएई पुगेकी नेपाली राष्ट्रिय महिला...

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

सर्वाधिक कमाउने खेलाडीको सूचीमा रोनाल्डो पहिलो नम्बरमा

वि.सं.२०८१ फागुन २ शुक्रवार १०:०५

एजेन्सी: पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै...

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:३२

एजेन्सी: इङ्ग्लिस प्रिमियर लिगको शीर्ष स्थानको लिभरपुल बराबरीमा राकिएको छ...

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा बायर्नको जित

वि.सं.२०८१ फागुन १ बिहीवार ०८:१५

एजेन्सी: बायर्न म्युनिखले च्याम्पियन्सिप लिगको प्ले अफको पहिलो लेगमा जित...