YouTube Link

तपस्वी बम्जनले अदालतलाई किन टेर्दैन ?

Facebook Link

काठमाडौं: आफ्नै अनुयायीमाथि बलात्कार तथा वेपत्ता पारेको आरोप लागेका तपस्वी रामबहादुर बम्जनले अदालतलाई अपहेलना गरेको तथ्य सार्वजनिक भएको छ ।

उनीमाथि ३५ दिने सूचना टाँस गरेपनि अदालतमा उपस्थित नभएपछि अदालतलाई नै अपहेलना गरेको तथ्य सार्वजनिक भएको हो ।

तपस्वी बम्जनलाई जिल्ला अदालत सर्लाहीले ३५ दिनतभित्र अदालतमा उपस्थित हुनको लागि सूचना टाँस गरेपनि बम्जन अदालतमा उपस्थित भएनन् ।

उनको यो रवैयाले के तपस्वी बम्जन अदातलभन्दा माथि हुन त ? भन्ने प्रश्न तेस्र्याएको छ ।

सर्लाही अदालतले तपस्वी बम्जनलाई गत कात्तिक २४ गते अदालतमा हाजिर हुनको लागि सूचना टाँस गरेको थियो ।

बम्जनलाई खोज्दै पटक पटक प्रहरी बम्जनको आश्रममा छापा मार्न पुगे पनि उनी फेला परेका छैनन् ।

बम्जन फेला नपरेपछि १८ वर्षीया किशोरीलाई बलात्कार गरेको विषयमा गत असार १८ मा जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाही मार्फत मुद्दा दायर भएको थियो ।

उनी अदालतमा उपस्थित नभएपछि उनको बिरुद्ध एकलौटी ढंगले फैसला गर्ने अदालतले तयारी गरेको छ । यस्तो अवस्थामा अदालतलाई फैसला गर्न सजलिो पनि देखिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय, सर्लाहीका न्यायाधीवक्ता केशवप्रसा गौतमका अनुसार यो अवधिमा प्रहरीले समेत बम्जनलाई पक्राउ गरेर अदालतमा बुझाउने बाटो खुला छ ।

तर बम्जन नै पक्राउ नपरेपछि यो कुरामा पनि शंका गर्नुपर्ने अवस्था विद्यमान देखिएको छ ।

बम्जनमाथि चार जना अनुयायी बेपत्ता पारेको समेत उजुरी छ । तीमध्ये हेटौंडाको सञ्चलाल वाइवाको हत्या भएको आशंका गरिएको थियो । उनका छोरा महेन्द्रले प्रहरीमा किटानी जाहेरी दिएका थिए ।

छोरा सुरेश हराएको भन्दै हस्तबहादुर आलेमगर, दिदी फूलमायाबारे हेटौंडाका विजय रुम्बा र बहिनी चिनिमायाबारे नुवाकोटकी गंगामाया तामाङले प्रहरीमा जाहेरी दिएका थिए ।

प्रहरीले अनुसन्धानको सिलसिलामा सिन्धुपाल्चोकस्थित आश्रममा छापा हानेर खनतलासी गरेपनि कुनै प्रमाण भेटिएको थिएन ।

सिन्धुपाल्चोकको आश्रमको एक शंकास्पद स्थानमा खनेर प्रहरीले नुनको पोका फेला पारेको थियो ।

त्यहाँ शव गाडेर गलाइएको हुनसक्ने आशंका गरिए पनि कुनै सुराक भेटिएको थिएन ।

प्रहरी श्रोतका अनुसार अहिले पनि सिन्धुपाल्चोको घना जंगलमा आफ्नो अनुयायीका साथ बसिरहेका छन् ।

र यो पनि पढ्नुहोस्:

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...