YouTube Link

रौतहटमा प्रहरीद्वारा १२ राउण्ड हवाई फायर, कोरोना संक्रमितलाई आइसोलेसनमा लान खोज्दा झडप

Facebook Link

रौतहट: रौतटहको इशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजाने क्रममा शुक्रबार बिहान स्थानीय र प्रहरीबीच झडप भएको छ । इशनाथ नगरपालिका वाड नं. ७ जोकाहामा स्थानीय र प्रहरीबीच झडप भएको हो । आक्रोशित स्थानीयले प्रहरीको गाडी पनि तोडफोड गरेका छन् ।

बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका दुई व्यक्तिलाई आइसोलेशनमा लान स्वास्थ्यकर्मी र प्रहरीको टोली पुग्दा स्थानीय वासिन्दाले अवरोध गरी प्रतिकार गरेपछि प्रहरीले १२ राउण्ड हवाई फायर समेत गरेको थियो । इशनाथ ७ को जोकहामा रहेको अनवारुल इस्लामीक मदरसामा रहेको क्वारेन्टाइनका २ व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित भएका दुवै जनालाई उपचारका लागि जिल्लाभित्रकै अर्को स्थानमा रहेको आइसोलेसनमा लाग्न चिकित्सक र सुरक्षाकर्मी पुगेका थिए ।

तर स्थानीय बासिन्दाहरुले उनीहरुलाई बाहिर लान नपाइने भन्दै प्रतिकार गरेपछि प्रहरीले बाध्य भएर हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । झडपमा स्थानीय सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधानसमेत तोडफोड भएको छ । शहरभित्रै अधिक जनसंख्या रहेको र त्यहाँ विरामी अन्य नागरिक समेत सुरक्षित हुने अवस्था नभएकाले उनीहरुलाई अन्यत्र आइसोलेशनमा राख्नु परेको हो ।

भारतबाट नेपाल आएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि रौतहटका स्थानीय तहकै क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनमा बसेका व्यक्तिहरुमा कोरोना संक्रमण देखिदा अन्य व्यक्तिहरु समेत जोखिममा पर्ने भएकाले संक्रमितहरुलाई छुट्टै राख्नु परेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...