नेपालमा कोरोनाका कारण थप दुई जनाको मृत्यु, मृतकको संख्या १८ पुग्यो, संक्रमितको संख्या पाँच हजार नाघ्यो
वि.सं.२०७७ जेठ ३१ शनिवार २०:५४
1.3K
shares
काठमाडौं: नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाराका एक पाँच वर्षे बालक र अर्का बेवारिसे अवस्थामा मृत फेला परेको पुरुषको पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । बाराका ५ बालकको विरगञ्जमा शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो । ज्यान गुमाएका उनीहरु दुबै जनाको नारायणी अस्पताल वीरगञ्जमा गरिएको स्वाव परीक्षणमा नतिजा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको हो ।
यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ । त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।
यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुष र अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष गरी १६ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
यसैबीच शनिबार थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ५ हजार ३ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९ सय १३ पुगेको छ ।
वि.सं.२०७७ जेठ ३१ शनिवार २०:५४




















