YouTube Link

नयाँ नेतृत्वको लागि नेपाली कांग्रेस प्रदेश समितिको निर्वाचन आज

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश नेतृत्वका लागि आज निर्वाचन हुँदै छ ।

 

प्रदेश २ बाहेक ६ वटा प्रदेशमा नेपाली कांग्रेसको अधिवेशन जारी छ । शुक्रबार प्रदेश समितिका लागि पदाधिकारी तथा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।

 

प्रदेश नम्बर एकको सभापतिमा पौडेल समूहबाट गुरुराज घिमिरेलाई उम्मेदवार बनाएको छ भने संस्थापनबाट उद्धव थापा प्रतिष्पर्धामा उत्रिएका छन् ।

 

थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट मानिन्छन् ।

 

केन्द्रमा सहकार्य भएपछि देउवाले प्रदेश एकको सभापतिमा सिटौला पक्षका उम्मेदवारलाई साथ दिएका हुन् ।

 

त्यस्तै प्रदेश दुईमा भने केन्द्रीय महाधिवेशन पछि मात्रै प्रदेशसभा अधिवेशन हुने छ ।

 

यो प्रदेशका केही जिल्लामा विवाद उत्पन्न भएपछि प्रदेश क्षेत्रीय अधिवेशन समेत हुन सकेको छैन ।

 

त्यस्तै बागमती प्रदेशमा त्रिपक्षीय भिडन्त हुने निश्चित भएको छ ।

 

यो प्रदेशमा संस्थापनबाट इन्द्र बाँनिया उम्मेदवार बन्दा पौडेल पक्षबाट जगदिशनरसिंह केसी र सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दिएका छन् ।

 

गण्डकी प्रदेशमा पनि संस्थापन र संस्थापन इतरबीचमै प्रतिस्पर्धा हुनेछ ।

 

संस्थापनबाट अर्जुन जोशीले उम्मेदवारी दिँदा इतरबाट शुक्रराज शर्माले उम्मेदवारी दिएका छन् ।

 

त्यस्तै लुम्बिनीमा प्रदेशमा संस्थापनबाट भरतकुमार शाह र इतरबाट अमर पुनले उम्मेदवारी दिएका छन् ।

 

कर्णाली प्रदेशमा संस्थापनबाट ललितजंग शाहीले उम्मेदवारी दिँदा इतरबाट भुपेन्द्रजंग शाही उम्मेदवार बनेका छन् । त्यस्तै विमलेन्द्र निधिले मोतिराज बमलाई उम्मेदवार बनाएका छन् ।

 

सुदुरपश्चिम प्रदेशमा संस्थापन इतर पक्षबाट नारायण मिश्र उम्मेदवार बनेका छन् भने संस्थापनबाट वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् ।

 

प्रदेश सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री तथा सदस्य पदका लागि चुनाव हुनेछ । कोषाध्यक्ष भने मनोनित पद हो ।

 

प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य र सांसद प्रदेश अधिवेशनका मतदाता हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...