सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रथाबाट पेसी तोकियो, पहिलो दिन १० इजलास गठन
वि.सं.२०७८ मंसिर १५ बुधवार १२:१७
2.1K
shares
काठमाडौं: सर्वोच्च अदालतमा गोला प्रथाबाट पेसी तोक्न सुरु गरिएको छ ।
पहिलो दिन आज यो प्रणालीबाट दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन गरिएका छन् ।
जसअनुसार वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश टंकबहादुर मोक्तानको संयुक्त तथा न्यायाधीश मीरा खड्काको एकल इजलास गठन गरिएको छ ।
यस्तै न्यायाधीश हरिकृष्ण कार्की र सुष्मालता माथेमाको संयुक्त इजलास गठन गरिएको छ ।
यसैगरी न्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीश बमकुमार श्रेष्ठको इजलास तोकिएको छ ।
यस्तै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलास गठन गरिएको छ ।
न्यायाधीश डा. कुमार चुडालको एकल तथा न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको संयुक्त इजलास गठन गरिएको छ ।
यसैगरी न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमानसिंह राउन र हरि फुयाँलका संयुक्त इजलास गठन गरिएका छन् ।
यस्तै सपना प्रधान मल्ल र प्रकाश ढुंगाना तथा तेजबहादुर केसी र नहकुल सुवेदीका पनि संयुक्त इजलास गठन गरिएका छन् ।
वि.सं.२०७८ मंसिर १५ बुधवार १२:१७



















