Rajshow Bivag

माओवादी केन्द्रले ७५३ वटै स्थानीय तहको सम्मेलन गर्दै, अध्यक्ष प्रचण्डले सबै स्थानीय तह सम्मेलनलाई भर्चुअलबाट सम्बोधन गर्ने

Departmant of helth services

 

काठमाडौं: नेकपा (माओवादी केन्द्र)ले आज ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ ।

 

माओवादी केन्द्रले सम्पर्क समन्वय समिति र विशेष समिति समेत गरी कूल ७७६ वटा स्थानीय तह स्तरीय सम्मेलन आयोजना गरेको हो ।

 

स्थानीय तह सम्मेलनलाई आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

 

अध्यक्ष प्रचण्डले सबै स्थानीय तह सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लागेका हुन् ।

 

माओवादीको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधि समेत चयन गर्नेछ । मंसिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ ।

 

आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ ।

 

माओवादीले सबै स्थानीय तहको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ । पार्टी संगठनलाई एउटा निश्चित विधि र पद्धति अनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ ।

 

सोही अनुसार यही मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ ।

 

माओवादीले पार्टी  विधानको ब्यवस्था अनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहिता समेत तय गरेको छ ।

 

प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए ।

 

वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्था अनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्दछ ।

 

वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँस्थानीय तहमा १५० जनाका दरले सहभागी हुने छन् । यस्तै‚ नगरमा २००, उपमहानगरमा ३०० र महानगरमा ४०० प्रतिनिधिको उपस्थितिमा अधिवेशन हुने छ । सबै स्थानीय तह अधिवेशनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्न माओवादी केन्द्रले विशेष परिपत्र गरिएको जनाएको छ ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक आज पनि बस्दै, यस्तो छ कार्यसूची

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:५१

  काठमाडौं: प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहीबार बैठक शुरु...

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

नेपालले अमेरिका र क्यानडासँग वामअर्प म्याच खेल्ने

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०७:२६

  काठमाडौं: नेपालले आईसीसी टी–२० विश्वकपअघि अमेरिका र क्यानडासँग वामअर्प...

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ जेठ ४ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८१ जेठ ४ शुक्रवार ०६:३३

  मेष - ARIES चु, चे, चो, ला, लि, लु,...

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

अन्तर्राष्ट्रिय फुटबलबाट सुनील क्षेत्रीको सन्यास घोषणा

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:२७

  काठमाडौं: नेपाली मूलका भारतीय फुटबल खेलाडी सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय...

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

वि.सं.२०८१ जेठ ३ बिहीवार ११:१२

  काठमाडौं: नेपालकी श्रेया गिरी फोर्ब्स म्यागेजिनको ३० वर्ष मुनिका...

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

यस्तो छ आज बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:५४

  काठमाडौं: सङ्घीय संसद् सचिवालयले आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित...