YouTube Link

नेपाली सेनामा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार सैन्य पदमा भर्ना खुल्यो

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाली सेनाले खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार सैन्य पदमा पदपूर्तिका लागि आवेदन खुला गरेको छ ।

 

खुलातर्फ २ हजार ९६, कर्तव्य पालनाको शिलशिलामा अशक्त र मृत्यु भएका नेपाली सेनाका सन्तति १ सय ८, महिला ३ सय ६०, आदिवासी र जनजाति ५ सय ७३, मधेसी ५ सय ५, दलित २ सय ७३ र पिछडिएको क्षेत्रबाट ८५ जना पदपूर्ति गरिने छ ।

 

नेपाली सेनाका देशैभरि रहेका विभिन्न कार्यालयबाट भर्ना प्रक्रिया सुरू गरिने जनाइएको छ । ८ कक्षा उत्तीर्णले असोज २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

बहालवाला सैनिक व्यक्ति बाहेक सैन्य पदका उम्मेदवारको हकमा भने अविवाहित हुनुपर्ने दरखास्त आह्वानमा भनिएको छ ।

 

दरखास्त पेस गर्ने अन्तिम मिति असोज १६ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला फलोवर्सको हकमा २६ वर्ष ननाघेको हुनुपर्ने उल्लेख छ ।

 

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको कार्यरथी विभागले एक सूचना जारी गर्दै नेपाली सेना मातहतका विभिन्न स्थानमा चार हजार सङ्ख्यामा सैन्य पदमा भर्नाका लागि आवेदन माग गरेको हो ।

 

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...