YouTube Link

नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगियो, महाधिवेशनका लागि अग्रसर

कार्यदलले सभापति देउवालाई बुझाएको प्रतिवेदनको पूर्णपाठसहित

Facebook Link

काठमाडौं: नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छ ।

 

क्रियाशील सदस्यता सम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार (आज) पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको छ ।

 

प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिवेदन बुझाएका थिए ।

 

क्रियाशील सदस्यताको बाँकी विवाद मिलाउन पार्टीले नेता सिटौलासहित केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी प्रदान गरेको थियो ।

 

क्रियाशील सदस्यतालाई अन्तिम रुप दिएसँगै यही भदौ १८ गते तोकिएको कांग्रेसको गाउँ/नगर वडा अधिवेशन सुनिश्चित भएको छ। नेता कार्यकर्ताहरु अधिवेशनका लागि जिल्ला र गाउँ जान सुरु भइसकेको छ ।

 

क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित कार्यदलले सभापति देउवालाई बुझाएको प्रतिवेदनमा ‘समायोजन समितिले केन्द्रबाट प्रक्रिया पुर्‍याई क्रियाशील सदस्यता दिन जिल्लामा पठाएको नामावलीमा नाम परिवर्तन गरेको भए त्यस्तो नाम हटाउने’ उल्लेख गरिएको छ ।

 

प्रतिवेदनमा ‘कुनै पनि वडामा १३औँ महाधिवेशनको क्रियाशील सदस्य संख्याभन्दा समायोजनको क्रियाशील सदस्य संख्या बढी भएमा बढी भएजति १४औँ महाधिवेशनका लागि स्थगित गरी १४औँ महाधिवेशन पछि प्रक्रिया पुर्‍याई सदस्यता दिने’ पनि भनिएको छ ।

 

कार्यदलले सभापति देउवालाई बुझाएको प्रतिवेदनको पूर्णपाठ

 

नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले केन्द्रीय नेताहरुले निर्णय गर्ने भनि पेश गरेको प्रतिवेदनमा केन्द्रीय कार्यसमितिको बैठकबाट विवादित विषयमा निर्णय गर्न दिएको जिम्मेवारी बमोजिम निम्नानुसार सुझाव सहित निर्णय गरिएको छ ।

 

१. केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेबमोजिम नवीकरण र नयाँ क्रियाशील सदस्यताको टुंगो लगाएकोमा तदनुरुप कार्यान्वयन गर्ने। साथै १४ औँ महाधिवेशनको लागि स्थगन गर्ने भनि गरेको निर्णयलाई मान्यता दिने । नवीकरणमा कुनै विवाद देखिए विगत महाधिवेशनको क्रियाशील सदस्यताको प्रमाणलाई आधार मानेर कार्यान्वयन गर्ने ।

 

२. नवीकरणका लागि कसैले विगत महाधिवेशनको क्रियाशील प्रमाणसहित माग दाबी गरेमा पार्टीको विधान बमोजिम निष्कासनमा नपरेको पार्टी परित्याग गरी अर्को पार्टीमा नगएको र विगत निर्वाचनमा बागी उम्मेदवार, प्रस्तावक वा समर्थक नभएको देखिएमा पार्टी रेकर्ड र सम्बन्धित जिल्ला समेतसँग सम्पर्क गरी भाद्र १० गतेसम्म केन्द्रले नवीकरण गर्ने ।

 

३. क्रियाशील सदस्य छानबिन समितिको मापदण्डको बुँदा नं.६ (ख) (२) बमोजिम प्रतिवेदनमा उल्लिखित समायोजनका विवादमा– विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा पार्टी केन्द्र वा जिल्लाबाट प्रवेश गरी केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम अन्य राजनीतिक दल समायोजन समितिले प्रक्रिया पुर्‍याई क्रियाशील दिन जिल्लामा पठाएकोमा निम्नानुसार कार्यान्वयन गर्ने ।

 

(क) समायोजन समितिले केन्द्रबाट प्रक्रिया पुर्‍याई क्रियाशील दिन जिल्लामा पठाएको नामावलीमा नाम परिवर्तन गरेको भए त्यस्तो नाम हटाउने ।

(ख) कुनै पनि वडामा १३ औँ महाधिवेशनको क्रियाशील सदस्य संख्याभन्दा समायोजनको क्रियाशील सदस्य संख्या बढी भएमा बढी भएजति १४ औँ महाधिवेशनका लागि स्थगित गरी १४ औँ महाधिवेशन पछि प्रक्रिया पुर्‍याई सदस्यता दिने ।

 

४. कैलाली जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १ टिकापुर नगरपालिका वडा नं.१ को क्रियाशील सदस्यको सम्बन्धमा वडाले पठाएको नामावली र प्रतिनिधिसभा क्षेत्रीय सभापतिले प्रस्तुत गर्ने नामावली उपयुक्त संख्यामा स्वीकृत गर्ने ।

 

५. सप्तरी र बारा जिल्लामा निम्नानुसार गर्ने

 

(क) सप्तारी जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. ३ को रुपनी गा.पा. वडा नं.२, शम्भुनाथ न.पा. वडा नं. ३, वडा नं. ५, वडा नं. ७, वडा नं. ६, वडा नं. ११ र वडा नं. १२ र बारा जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. ३ का फेटा न.पा. वडा नं. ७, कलैया उमनपा वडा नं. १४, जितपुर सिमरा उमनपा वडा नं. १४ को र बारा जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं.२ को पचरौता नपा वडा नं. १, वडा नं. २, वडा नं. ६, वडा नं. ७, वडा नं. ८, वडा नं. ९, सुवर्ण गापा वडा नं. २, वडा नं. ३, वडा नं. ४, देवताल गापा वडा नं. ४ महागढी नपा वडा नं. १, वडा नं. २, वडा नं. ४, वडा नं. ६, वडा नं. ७ र करैयामाई गापा वडा नं. २, वडा नं. ५ को नयाँ क्रियाशील सदस्यता १४ औँ महाधिवेशनका लागि स्थगन गरी १४ औँ महाधिवेशन पछि प्रक्रिया पुर्याई क्रियाशील सदस्यता दिने । यी वडाहरूमा नवीकरणले मात्र भाग लिने । उल्लिखित प्रतिनिधिसभा क्षेत्रका अन्य सवै वडाहरूमा नवीकरण र नयाँ क्रियाशील सदस्यले भाग लिने ।

 

(ख) सप्तरी जिल्लामा प्रतिनिधिसभा क्षेत्र नं. १, प्रतिनिधिसभा क्षेत्र नं. २ र  प्रतिनिधिसभा क्षेत्र नं. ४ मा र बारा जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. १, प्रतिनिधिसभा क्षेत्र नं. ४ को नयाँ क्रियाशील सदस्यता १४ औँ महाधिवेशनका लागि स्थगन गरी १४औँ महाधिवेशन पछि प्रक्रिया पुर्याई क्रियाशील सदस्यता दिने । यी प्रतिनिधिसभा क्षेत्रहरुका सबै वडाहरूमा चौधौं महाधिवेशनको प्रक्रियामा नवीकरणले मात्र भाग लिने ।

 

(ग) नवीकरणमा कुनै विवाद देखिए विगत महाधिवेशनको क्रियाशील सदस्य नामावलीको आधारमा गर्ने ।

 

६. धनुषा जिल्लाको प्रतिनिधिसभा क्षेत्र नं. ४ र सर्लाही जिल्लाको क्षेत्र नं. २ को विवादका सम्बन्धमा २०७८ भाद्र १२ गते भित्र निर्णय गरिने छ ।

 

७. छानबिन समितिको प्रतिवेदनमा उल्लिखित बारा जिल्लाको विवादित १६६ फारम र सोलुखुम्बु जिल्लाको ५१५ नामावली १४ औँ महाधिवेशनका लागि स्थगित गर्ने र १४ औँ महाधिवेशन पछि प्रक्रिया पुर्‍याई सदस्यता दिने ।

 

८. प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र स्थानीय तहमा पार्टीको उम्मेदवार भइ निर्वाचित भएका कसैले क्रियाशील सदस्यता नपाएको रहेछ र त्यस्ता व्यक्तिले निर्वाचित भएको प्रमाणसहित क्रियाशील सदस्यताको माग दाबी गरेमा क्रियाशील सदस्य सूचीमा समावेश गर्ने र त्यस्तो व्यक्तिलाई क्रियाशील सदस्यता केन्द्रले दिने ।

 

९. उल्लिखित निर्णयहरूको आधारमा बाहेक क्रियाशील सदस्यता छानबिन समितिले गरेको निर्णयअनुसारको क्रियाशील सदस्य नामावलीमा कुनै पनि परिवर्तन गरिने छैन । क्रियाशील सदस्यको नामावली केन्द्रीय कार्यालयले तुरुन्त निर्वाचन समितिलाई बुझाउने छ ।

 

१०. उल्लिखित निर्णयहरु पार्टी केन्द्रीय कार्यालयबाट कार्यान्वयन गराउन निम्न प्रकार जिम्मेवारी दिने

 

प्रदेश १ र २ -आनन्द ढुंगाना र जीवन परियार

बाग्मती र गण्डकी -श्याम घिमिरे, प्रदीप पौडेल

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम -जीवन परियार, योगेन्द्र चौधरी

 

कृष्णप्रसाद सिटौला, रमेश लेखक, डा. मीनेन्द्र रिजाल

मिति २०७४ भाद्र ७

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...