YouTube Link

कोरोना भाइरस न्यूनिकरणका लागि ६२ जिल्लामा निषेधाज्ञा जारी, ४३ जिल्ला बढी जोखिममा

Facebook Link

काठमाडौं: कोरोना भाइरसको संक्रमण बढेपछि ६२ जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

 

कोरोना न्यूनिकरणका लागि वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ६२ जिल्लामा पुगेको छ । त्यसमध्ये ५० जिल्लामा पूर्ण र १२ जिल्लामा आंशिक आदेश जारी भएको छ ।

 

शनिबार साँझसम्म ६२ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ ।

 

पछिल्लो पटक निषेधाज्ञा गरिएको जिल्लामा  रौतहट र संखुवासभा थपिएका छन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ४३ वटा जिल्ला बढी जोखिममा देखिएका छन् ।

 

२२ जिल्लामा ५०० जनाभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ ।

 

निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

 

कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

 

गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ ।

 

अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

 

दोस्रो चरणको कोरोना संक्रमण नेपालमा दिनदिनै बढ्दै गएको छ ।

 

पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार १ सय १६ जना संक्रमित थपिएका छन् ।

 

५० जनाको मृत्यु भएको छ ।

 

काठमाडौंमा ३ हजार ८९, ललितपुरमा ६ सय ४३ र भक्तपुरमा ३ सय ७४ जना संक्रमित थपिएका छन् ।

 

संक्रमितमध्ये ७२ हजार ७ सय ६९ जना होम आइसोलेसनमै छन् ।

 

५ हजार ८ सय ६० जना उपत्यका बाहिरका संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

अहिले अस्पतालका आईसीयूमा ७ सय २८ जना र भेन्टिलेटरमा २ सय ३१ जना छन् ।

 

उपत्यकाका अस्पतालमा १५ सय १९ जना आइसोलेसनमा, १ सय ९४ जना आईसीयूमा र भेन्टिलेटरमा ८८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

हेर्नुहोस् तपाईको आज २०७७ बैशाख २५ गते शनिबारको तपाईको राशिफल

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...