YouTube Link

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै नेकपा अध्यक्ष दाहालले दिए सत्ता र प्रतिपक्ष दुबैलाई धन्यवाद

Facebook Link

काठमाडौं: सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सत्ता र प्रतिपक्ष दुबैलाई धन्यवाद दिएका छन् ।

सत्ता पक्षले यसअघिको नीति तथा कार्यक्रमभन्दा गुणात्मक नीति तथा कार्यक्रम ल्याएको भन्दै दाहालले धन्यवाद दिए । दाहालले प्रतिपक्षले गुणात्मक रुपमा प्रतिवाद गरेको भन्दै प्रतिपक्षलाई पनि धन्यवाद दिए ।

बजेट निर्माण प्रक्रियामा सरकारको तयारी र प्रतिपक्षको प्रतिवाद गर्ने धेरै राम्रो नभएको बताउँदै दाहालले भने, ‘यस वर्ष सरकार र प्रतिपक्षले व्यवस्थित गरेर प्रस्तुत गरेको छ । जनताको चाहनालाई समेट्ने अधिकतम् प्रयास भएको छ । म यसका लागि नेपाल सरकारलाई धन्यवाद भन्न चाहान्छु ।’ ‘प्रतिपक्षले पनि गत वर्षको तुलनामा यस वर्ष अलि तयारीका साथ आफ्नो धारणा लिखित रुपमै राख्ने नयाँ धारणा आएको छ, यसका लागि प्रतिपक्षीलाई पनि धन्यवाद दिन चाहान्छु ।’

द्वन्द्वकालीन मुद्दाको तर्फ ध्यान दिदै दाहालले भने, ‘शान्तिलाई स्थायी बनाउन केही काम अहिले पनि बाँकी छ । प्रतिपक्षीले र हामीले यसलाई अन्तिम निष्कर्षमा पुर्यालउन आवश्यक छ । यसलाई ध्यान दिनुपर्छ ।’

संविधान संशोधनका विषयमा ध्यान दिँदै अध्यक्ष दाहालले भने, ‘कयौं समुदायका भावनाहरुलाई सम्बोधन गर्नुपर्छ भन्ने कुरा कायमै छ । हामी सहमति सहकार्य र एकताको भावनालाई कायम राख्नु पर्छ ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...