YouTube Link

नीति तथा कार्यक्रमको प्रधानमन्त्रीद्वारा जवाफ: संशोधनको प्रस्तावमा खासै सच्चाउनुपर्ने छैन

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको संशोधनको प्रस्तावमा खासै सच्चाउनुपर्ने कुरा केही नभएको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रम ओलीले आलोचनाको कुनै ठाउँ नरहेकोमा आफूलाई खुसी लागेको बताए ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रयोग गरेको ‘मेरो सरकार’ वाक्यांशको फेरि बचाउ गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालमा धेरै अभ्यासहरु मिल्न बाँकी रहेको बताउँदै नमिलेका कुराहरु मिलाउँदै जानुपर्ने बताए । ‘हाम्रा अभ्यासहरु मिलेका छैनन् । मिलाएर लैजानुपर्छ । यस पटक यो मिल्यो, बाँकी मिलाउँदै जानुपर्छ,’ मिल्न बाँकी कुराहरुमध्ये यसक पटक ‘मेरो सरकार’ मिलेको दाबी गरे ।

उनले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ वाक्यांश भूलवश नआएको स्पष्ट पारे । ‘भूलचूकले आएको पो हो कि भन्ने कुरा आएको छ । यो भूलचूक होइन, जानीजानी राखिएको सुविचारित शब्द हो,’ ओलीले भने ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादर देउवाले राष्ट्रपति भण्डारीको सम्बोधनलाई बेलायती महारानीको शैली भनेकोप्रति आपत्ति जनाए । प्रधानमन्त्री ओलीले देउवालाई बेलायती महारानीसँग तुलना गर्दा कूटनीतिक मर्यादा भुल्न नहुने सुझाव समेत दिए ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले सुन तस्करीबारे प्रश्न गरेका छन् । प्रतिनिधिसभामा प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले भने, ‘३८ सय क्वीन्टल सुन तस्करी भयो रे तर कहाँ गयो त्यो सुन ? तस्करी भएपछि मात्र थाहा भयो भन्दै उल्टै प्रश्न गरे ।’

प्रधानमन्त्री ओलीले प्रदेश सरकार र स्थानीय सरकार केन्द्र सरकार मातहत रहेको बताएका छन् । प्रदेश र स्थानीय सरकार स्वतन्त्र सरकार नरहेको भन्दै उनले केन्द्र सरकार मातहत नै रहेको कुरा कुनै अनौठो नभएको बताए ।

‘अहिले ७ सय ६१ सरकार छन्, कुन सरकारले के गर्ने, सबै स्वतन्त्र सरकार होइनन् । कसैले भन्दै हुनुहुन्थ्यो प्रदेश सरकार केन्द्र सरकार मातहत नै हो भन्ने जसरी व्यवहार भएको छ’ उनले भने ‘केन्द्रको मातहत नै हो । संघीय सरकार, संघीय कानूनको मातहतमै प्रदेश सरकार र स्थानीय सरकारहरु हुन्छन् । यो पनि कुनै अनौठो कुरा हो र ?’

प्रदेश सरकार स्वतन्त्र सरकार होइन भन्नेमा अलमल नराख्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘स्वतन्त्र सरकार त होइनन् नि, ती संघीय सरकारकै मातहत हुन् । यस्तो कुरामा अलमल राख्नुहुन्न ।’ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गर्नका लागि प्रदेश समन्वय परिषद र अरु समन्वयकारी कामहरु भइरहेको पनि उनले बताए । प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा कुन सरकारले के काम गर्ने भन्ने विषयमा पनि थिति बसाएको बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

दशै जस्ता चाडपर्व सबै नेपालीका साझा सांस्कृतिक सम्पदा बन्नुपर्छ

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:४५

दशै नेपालीहरुको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसले असत्यमाथि...

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

रास्वपाको अग्नि परिक्षा सुरु, प्रहरी अनुसन्धान अनिश्चित

वि.सं.२०८३ असोज ३० शुक्रवार ०९:०९

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित...