YouTube Link

नीति तथा कार्यक्रमको प्रधानमन्त्रीद्वारा जवाफ: संशोधनको प्रस्तावमा खासै सच्चाउनुपर्ने छैन

World Cup 2026
Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको संशोधनको प्रस्तावमा खासै सच्चाउनुपर्ने कुरा केही नभएको बताएका छन् । आज प्रतिनिधि सभाको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै प्रम ओलीले आलोचनाको कुनै ठाउँ नरहेकोमा आफूलाई खुसी लागेको बताए ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रयोग गरेको ‘मेरो सरकार’ वाक्यांशको फेरि बचाउ गरेका छन् । प्रधानमन्त्री ओलीले नेपालमा धेरै अभ्यासहरु मिल्न बाँकी रहेको बताउँदै नमिलेका कुराहरु मिलाउँदै जानुपर्ने बताए । ‘हाम्रा अभ्यासहरु मिलेका छैनन् । मिलाएर लैजानुपर्छ । यस पटक यो मिल्यो, बाँकी मिलाउँदै जानुपर्छ,’ मिल्न बाँकी कुराहरुमध्ये यसक पटक ‘मेरो सरकार’ मिलेको दाबी गरे ।

उनले सरकारको नीति तथा कार्यक्रममा ‘मेरो सरकार’ वाक्यांश भूलवश नआएको स्पष्ट पारे । ‘भूलचूकले आएको पो हो कि भन्ने कुरा आएको छ । यो भूलचूक होइन, जानीजानी राखिएको सुविचारित शब्द हो,’ ओलीले भने ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादर देउवाले राष्ट्रपति भण्डारीको सम्बोधनलाई बेलायती महारानीको शैली भनेकोप्रति आपत्ति जनाए । प्रधानमन्त्री ओलीले देउवालाई बेलायती महारानीसँग तुलना गर्दा कूटनीतिक मर्यादा भुल्न नहुने सुझाव समेत दिए ।

सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले सुन तस्करीबारे प्रश्न गरेका छन् । प्रतिनिधिसभामा प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले भने, ‘३८ सय क्वीन्टल सुन तस्करी भयो रे तर कहाँ गयो त्यो सुन ? तस्करी भएपछि मात्र थाहा भयो भन्दै उल्टै प्रश्न गरे ।’

प्रधानमन्त्री ओलीले प्रदेश सरकार र स्थानीय सरकार केन्द्र सरकार मातहत रहेको बताएका छन् । प्रदेश र स्थानीय सरकार स्वतन्त्र सरकार नरहेको भन्दै उनले केन्द्र सरकार मातहत नै रहेको कुरा कुनै अनौठो नभएको बताए ।

‘अहिले ७ सय ६१ सरकार छन्, कुन सरकारले के गर्ने, सबै स्वतन्त्र सरकार होइनन् । कसैले भन्दै हुनुहुन्थ्यो प्रदेश सरकार केन्द्र सरकार मातहत नै हो भन्ने जसरी व्यवहार भएको छ’ उनले भने ‘केन्द्रको मातहत नै हो । संघीय सरकार, संघीय कानूनको मातहतमै प्रदेश सरकार र स्थानीय सरकारहरु हुन्छन् । यो पनि कुनै अनौठो कुरा हो र ?’

प्रदेश सरकार स्वतन्त्र सरकार होइन भन्नेमा अलमल नराख्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘स्वतन्त्र सरकार त होइनन् नि, ती संघीय सरकारकै मातहत हुन् । यस्तो कुरामा अलमल राख्नुहुन्न ।’ संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गर्नका लागि प्रदेश समन्वय परिषद र अरु समन्वयकारी कामहरु भइरहेको पनि उनले बताए । प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा कुन सरकारले के काम गर्ने भन्ने विषयमा पनि थिति बसाएको बताए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

अर्जेन्टिना भर्सेज इङ्गल्यान्ड कसले मार्ला बाजी ?

वि.सं.२०८३ असार ३१ बुधवार १४:२३

काठमाडौं: जारी फिफा विश्वकप-२०२६ अन्तर्गत आज राति अर्जेन्टिना र इङ्गल्यान्डबीच...

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

स्पेन र फ्रान्सबीचको पहिलो सेमिफाईनल भिडन्त

वि.सं.२०८३ असार ३० मंगलवार ११:५०

काठमाडौं: जारी फिफा विश्वकप फुटबल-२०२६ को पहिलो सेमिफाइनलमा आज राति...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

विश्वकपमा ६४ टोलीको प्रतियोगिता कसरी सम्भव हुन्छ भन्ने विषयमा छलफल गरिनेः फिफा अध्यक्ष जियानी इन्फान्टिनो

वि.सं.२०८३ असार २९ सोमवार १२:१९

काठमाडौं: विश्व फुटबल महासंघ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...