गोरखापत्र प्रकाशनको ११९औं वर्षमा प्रवेश, कर्मचारी नसुध्रिए पेन्सन रोक्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रीको चेतावनी
वि.सं.२०७६ वैशाख २४ मंगलवार १३:२३
942
sharesकाठमाडौं: सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गोरखापत्र संस्थानको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । गोरखापत्र प्रकाशनको ११९औं वर्ष प्रवेश तथा चौंथो राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले गोरखापत्र संस्थानको काममा तत्काल सुधार नभए कर्मचारीहरुको विकल्प खोज्ने चेतावनी समेत दिए ।
उनले पेन्सन खाने तर गोरखापत्र संस्थानको काममा सुधार नहुने कुरालाई अन्त्य गरेर अघि बढ्ने योजना पनि अघि सारे । गोरखापत्र संस्थानको घरलाई ‘बाख्राको खोर’को संज्ञा दिँदै मन्त्री बाँस्कोटाले त्यसलाई भत्काएर नयाँ भवन निर्माण गर्ने पनि बताए । उनले गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीहरुलाई उत्साहका साथ काम गर्न निर्देशन दिँदै त्यसमा सुधार नभए पेन्सन रोक्का गर्नुपर्ने अवस्था आउनेतर्फ पनि सचेत गराए ।
मन्त्री बास्कोटाले इमान्दार भएर काम गर्नु नै लोकतन्त्र भएको उल्लेख गर्दै त्यसैबाट मात्रै हरेकको सम्मान हुने जिकिर गरे । कार्यक्रममा मन्त्री बाँस्कोटाले कामै नगरेको भन्दै हुलाक कार्यालयप्रति पनि आक्रोश व्यक्त गरेका थिए ।
वि.सं.२०७६ वैशाख २४ मंगलवार १३:२३