YouTube Link

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपतिले ‘मेरो सरकारले’ भन्ने शब्द प्रयोगलाई विपक्षी नेताहरुले गरे आलोचना

World Cup 2026
Facebook Link

काठमाडौं: प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ हुने बित्तिकै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले राष्ट्रपतिको संस्थालाई पटक पटक विवादमा तान्दै आएको आरोप लगाएका छन् ।

वर्तमान सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नीति तथा कार्यक्रम बेलायतकी महारानीको शैलीमा प्रस्तुत गर्न लगाएको आरोप लगाए । देउवाले भने, ‘सरकारले सम्मानित राष्ट्रपतिको संस्थालाई पटक-पटक विवादमा तान्दै आएको छ । (नीति तथा कार्यक्रम) बेलायतको महारानीको शैलीमा सम्बोधन गर्न लगाएर थप विवादमा पारेको छ ।’

शुक्रवार संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले कयौं पटक ‘मेरो सरकारले’ भन्ने शब्द प्रयोग गरेकी थिइन् । लगत्तै त्यो शब्द प्रयोगको सामाजिक सञ्जालमा विरोध हुने क्रम तीव्र भएको थियो । त्यस विषयमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीको बैठकमा पनि कतिपय नेताहरूले विरोध गरेका विवरणहरू सार्वजनिक भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’को प्रयोग उचित भएको भन्दै सरकारको जोडदार बचाउ गरिसकेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपाका सांसद अग्नि सापकोटा र खगराज अधिकारीले पनि त्यो शब्दको प्रयोगलाई लिएर विरोध चर्काउनु उचित नभएको भन्दै सरकारको नीति तथा कार्यक्रमको प्रशंसा गरेका थिए ।

तर देउवाले जस्तै प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा अर्का कांग्रेस सांसद मीनेन्द्र रिजालले पनि देशको बदलिएको गणतान्त्रिक राजनीतिक परिदृश्यमा राष्ट्रपतिले प्रयोग गरेका ‘मेरो सरकारले’ भन्ने शब्द, दशैंको टीका र राष्ट्रपतिको भ्रमणका बेला हुने सवारी अवरोध जस्ता कारणले जनताको निराशा थप बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

राष्ट्रिय जनता पार्टी नेपालका शरतसिंह भण्डारी र अन्य सांसदहरूले पनि नीति तथा कार्यक्रम र राष्ट्रपतिलाई त्यो प्रस्तुत गर्न लगाउने शैलीको आलोचना गरेका थिए । उनी तथा अन्य राजपा नेपालका सांसदहरूले नीति तथा कार्यक्रममा संविधान संशोधनको विषय नसमेटिएको भन्दै सरकारको आलोचना गरेका थिए । नीति तथा कार्यक्रममा हेरफेरको माग गर्दै नेपाली कांग्रेस र राजपा नेपालले संशोधन प्रस्तावहरू दर्ता गराइसकेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति, ८४ परियोजना हस्तान्तरण

वि.सं.२०८३ जेठ २४ आइतवार १२:५५

काठमाडौं: परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँदिल्लीमा...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...