YouTube Link

तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता हुने

Nepali Sena Suvakamana Dashain
Facebook Link

काठमाडौं: राष्ट्रिय खेलुकद परिषद्को आयोजना तथा नेपालय इन्टरनेशनलको सहकार्यमा आयोजना हुने तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता आगामी जेठ १ गतेदेखि हुने भएको छ । आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ १ देखि २४ गतेसम्म हुने घोषणा गरेको हो ।

तीन विभागीय टोली र सात प्रदेश गरी कूल १० टोलीको सहभागिता हुने प्रतियोगिता कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । दश टोलीलाई दुई समूहमा विभाजन गरेको लिगका खेलहरु सञ्चालन गरिनेछ । दुवै समूहको लिग खेलपछि अंकतालिकामा शीर्ष दुई स्थानमा रहने टोलीहरु सेमिफाइनलमा प्रवेश गर्नेछन् । २३ दिन सञ्चालन हुने प्रतियोगितामा एक दिनमा एउटा मात्र खेल हुनेछ ।

नेपाली क्रिकेटको सर्वोच्च संस्था क्यान आइसीसीको निलम्वनमा परेपछि राखेपले ३ वर्षदेखि प्रधानमन्त्री कपको आयोजना गर्दै आएको छ । पहिलो संस्करणमा दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मी सैयुक्त रुपमा विजेता बनेको थियो भने दोस्रो संस्करणमा अर्को विभागीय टोली एपीएफ च्याम्पियन बनेको थियो ।

प्रतियोगिताको विजेताले नगद २० लाख हात पार्नेछन् । यस्तै उपविजेताले १० लाख पाउनेछन् । नेपाली क्रिकेटको ५० ओभरको प्रतियोगिता यो सबैभन्दा ठूलो नगद पुरस्कार राशी हो । यसैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले ५०-५० हजार हात पार्नेछन् ।

यसैबीच यस पटक प्रधानमन्त्री कपमा थप आकर्षणको रुपमा सिंगल ह्याण्ड क्याच (एक हाते क्याच) पनि रहेको छ । पछिल्लो समय नेपालमा भइरहेको टी-२० लिगहरुमा यसको क्रेज बढ्दो छ । खेलाडीले हानेको छक्का बल एक हातले क्याच गर्ने दर्शकले ५० हजार पाउनेछन् । एकै खेलमा जतिपटक एक हात क्याच हुन्छ, त्यति जनाले नै यो पुरस्कार प्राप्त गर्नेछन् । यस्तै मैदान बाहिर बसेर खेल हेर्ने दर्शकललाई पनि विभिन्न सुविधा प्रदान गर्ने आयोजकले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...