YouTube Link

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता भोलि, सत्तापक्ष बन्ने भए बाबुराम भट्टराई

Khanepani Dhal
Facebook Link

काठमाडौं: संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकता भोलि घोषणा हुने भएको छ । एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ हुनेछ भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव दुबै पार्टी अध्यक्ष हुनेछन् । भट्टराईले संघीय परिषद् र यादवले केन्द्रीय समितिको अध्यक्षता गर्ने सहमति जुटेको छ । सहमतिमा दुबै अध्यक्ष नयाँ शक्ति पार्टी नेपालका भट्टराई र फोरम नेपालका यादवले हस्ताक्षर गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले तत्कालै सरकार नछाड्ने भएपछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालसँग एकीकरणको घोषणासँगै यादवले तत्काल सरकारभित्रै रहेर संघर्ष गर्न रणनीति लिएको छ ।

फोरम र नयाँ शक्तिका नेताहरुबीच भएको सहमति अनुसार संसदको चालु अधिवेशनसम्म उपेन्द्र यादव सरकारमै रहनेछन् । भोलि घोषणा हुन लागेको समाजवादी पार्टीको घोषणा कार्यक्रमबाट नेताहरुले सरकारलाई चेतावनी दिनेछन् । उक्त मञ्चबाटै प्रधानमन्त्रीलाई दबाव दिने तयारी रहेको छ ।

पार्टीको पदाधिकारीमा फोरमका १६ र नयाँ शक्तिको हेडक्वाटरमा रहेका ९ जना गरी २५ सदस्यीय हुनेछ । केन्द्रीय सदस्य (नयाँ शक्तिको १५१ र फोरमका २०० बढी) हुनेछ भने संघीय परिषदमा एक हजार बढी सदस्य हुने छन् । जिल्ला संरचना पनि दुबै पार्टीको मिलाइनेछ ।

दुबै दलबीच भएको सहमति अनुसार फोरमले एक हजारबाट घटाएर ६ सय र नयाँ शक्तिले ६ सयबाट घटाएर ४ सय सदस्य राख्ने छन् । समाजवादी पार्टीको महाधिवेशन आयोजक समिति एक हजार सदस्यीय हुनेछ । हाल कायम रहेको दुबै पार्टीका केन्द्रीय सदस्यहरुको संख्या यथावत रहनेछ ।

वरीयता क्रममा डा. भट्टराई पहिलो रहने छन् भने यादव दोस्रो । पार्टीको अध्यक्षको रुपमा यादव रहने छन् भने संघीय परिषद्को अध्यक्ष भट्टराई रहनेछन् । संघीय परिषद् केन्द्रीय समितिभन्दा पनि शक्तिशाली हुनेछ । पदाधिकारी र केन्द्रीय समितिमा दुबै पार्टीको संख्या निश्चित भएपनि तल्लो तहको एकीकरणमा कुनै भागबण्डा नहुने सहमति भएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

प्रविधिको सहयोगमा वस्तुनिष्ठ अनुसन्धान र विश्वासिलो अभियोजन नारासहित ११ बूँदे घोषणापत्र

वि.सं.२०८२ असार १ आइतवार १३:४८

काठमाडौं: साधन-स्रोतको अभावमा दक्षिण एसियाको उत्कृष्ट अनुसन्धाता नेपाल प्रहरीले चाहेजति...

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

वि.सं.२०८२ जेठ ३१ शनिवार ०७:५०

काठमाडौः 'टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो'...

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

वि.सं.२०८२ जेठ ३१ शनिवार ०६:२८

एजेन्सीः इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार...

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ जेठ ३१ गते शनिबार तपाईको राशिफल

वि.सं.२०८२ जेठ ३१ शनिवार ०५:४५

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

मकालु हिमालमा ट्राफिक नियम !

मकालु हिमालमा ट्राफिक नियम !

वि.सं.२०८२ जेठ २३ शुक्रवार १३:०४

काठमाडौं: काठमाडौं उपत्यकालाई हरेक किसिमका अपराध नियन्त्रण गर्दै 'सुरक्षित उपत्यका'...

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

स्पेन नेशन्स लिगको फाइनलमा, पोर्चुगलसँग फाइनल खेल्ने

वि.सं.२०८२ जेठ २३ शुक्रवार ०८:४२

एजेन्सी: स्पेन नेशन्स लिगको फाइनलमा पुगेको छ । लामिन यामालको...