YouTube Link

राजस्व छली गरे अब यस्तो हुन्छ कारबाही, कस्ता कामलाई मानिन्छ राजस्व चुहावट ?

Facebook Link

काठमाडौं: सरकारले राजस्व चुहावट गरे (कर छली)मा कडा कारबाही गर्ने गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ लाई संशोधन गर्न बनेको विधेयक संसद्माग दर्ता गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यो विधेयक संघीय संसदको प्रतिनिधिसभामा दर्ता गराएको हो ।

कस्ता काम मानिन्छ राजस्व चुहावट ?
१. कम राजस्व तिर्ने वा राजस्व नतिर्ने उद्देश्यले गलत वा झुट्टा लेखा, विवरण जा कागजात प्रस्तुत गरी वा नगरी प्रचलित कानुन बमोजिम तिर्नु वा बुझाउनु पर्ने राजस्वभन्दा घटी राजस्व तिरेमा वा बुझाएमा ।

२. कुनै पनि मालवस्तु वा सेवाको निकासी पैठारी गर्दा सम्बन्धित भन्सार कार्यालयमा प्रचलित कानुन बमोजिम तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरी वा नबुझाई राजस्व छलेमा वा छल्ने प्रयत्न गरेमा ।

३. कुनै व्यक्तिले अन्य कुनै व्यक्तिको नामबाट कुनै उद्योग, व्यापार वा व्यावसाय गरी कुनै वस्तु वा सेवा निकासी वा पैठारी गरेमा वा कुनै विदेशी कम्पनी वा संस्थाको एजेन्ट भएमा सो कुरा नदेखाई प्रचलित कानुन बमोजिम तिर्नु वा बुझाउनु पर्ने राजस्व नतिरी वा नबुझाई राजस्व छलेमा ।

४. राजस्व तिर्नु, बुझाउन वा दाखिला गर्नुपर्ने कार्यालय वा सो कार्यालयको कर्मचारीको कार्यमा अनधिकार बाधा उत्पन्न गरेमा वा त्यस्तो कार्यालय वा कर्मचारीलाई अनुचित प्रभावमा पारी आफूले तिर्नु/बुझाउनुपर्ने राजस्व नतिरेमा वा जति तिर्नुपर्ने हो सोभन्दा कम रकम तिरेमा वा त्यस्तो कुनै कार्य गर्ने गराउने प्रयत्न गरेमा ।

५. राजस्व बुझाउनुपर्ने कार्यालयको कर्मचारीसँग मिलोमतो गरी वा नगरी कानुन बमोजिम तिर्नु बुझाउनुपर्ने राजस्व रकममा हेरफेर वा परिर्वतन गरेमा वा राजस्व बुझाएको देखिने गलत वा झुट्टा लिखत तथा कागजात तयार गरेमा वा पेस गरेमा ।

६. कुनै व्यक्तिले आय लुकाई निजको आयभन्दा खर्च र सम्पति बढी भएको देखिएमा ।

७. प्रचलित कानुन बमोजिम तिर्नु वा बुझाउनुपर्ने राजस्व नतिर्ने वा कम तिर्ने नियमले कुनै काम गरेमा ।

८. कसैले कुनै मालवस्तु चोरी निकासी वा चोरी पैठारी गरेमा, पैठारीकर्ता वा भन्सार एजेन्टले एउटा मालवस्तु अर्कै मालवस्तु भनी वा एक प्रकारको पदार्थबाट निर्मित मालबस्तुलाई अर्कै मालवस्तुको प्रकृति, भौतिक, विशेषता, चारित्रि गुण, नाप, आकार, गुणस्तर र मूल्य फरक पारी घोषणा गरेमा वा कुनै मालबस्तु घोषणा नै नगरेमा ।

९. राजस्व बुझाउने प्रयोजनको लागि घोषणा गर्नुपर्ने वा देखाउनुपर्ने कुनै आय, घर जग्गा वा अन्य सम्पत्ति वा सामानको वास्तविक मूल्यभन्दा घटी वा बढी हुने गरी हिसाब वा कागजात तयार गरी पेस गरेमा ।

१०. माथि उल्लेखित कुनै कामकारबाही गर्न गलत वा झुट्टा परामर्श दिएमा ।

संसदमा पेस भएको विधेयकको मस्यौदामा दफा २३ (१) मा राजस्व चुहावटको कसुर गर्ने व्यक्तिबाट बिगो असुल वा जफत गरी यस्तो व्यक्तिलाई बिगो बमोजिम शतप्रतिशतदेखि दोब्बरसम्म जरिवाना तथा कसूरको मात्रा अनुसार कारबाही तथा सजायको व्यवस्था गरिने उल्लेख छ ।

जस अन्तर्गत ५० लाख रुपैयाँसम्मको बिगोमा ६ महिना कैद र ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको बिगोमा ६ महिनादेखि एक वर्षसम्म कैदको व्यवस्था दफा २३ को ‘क’ र ‘ख’मा व्यवस्था गरको छ ।

यसैगरी दफा २३ को ‘ग’मा एक करोड रुपैयाँदेखि ३ करोड रुपैयाँसम्मको बिगोमा १ वर्ष देखि ३ वर्षसम्म कैद र सोही दफाको ‘घ’मा ३ करोड रुपैयाँदेखि माथि जतिसुकै बिगो भएपनि ३ वर्षदेखि ५ वर्षसम्मको कैदको व्यवस्था गरेको छ ।

प्रस्तावित विधेयकमा दफा २३ (२)मा ५० लाख रुपैयाँसम्मको लागि बिगो कायम गर्नुपर्ने वस्तु तथा सेवा बिक्री भईसकेको वा फेला नपरेको अवस्थामा त्यस्तो वस्तु तथा सेवा बिगो बराबरको रकम असुल गरिने उल्लेख छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...