पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा करिब ८० जना नेपाली र विदेशी पक्राउ

वि.सं.२०७५ चैत ११ सोमवार ०९:१२
993
shares
पोखरा: पोखराको लेकसाइडमा प्रहरीले छापा मार्दा करिब ८० जना नेपाली र विदेशी पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय बैदामले पोखरा ६ लेकसाइडको खहरेमा रहेको एक रेष्टुरेण्टमा टान्सपार्टी चलिरहेको सुचनाका आधारमा छापा मार्दा नेपाली र विदेशी गरी करिब ८० जना पक्राउ गरेको जनाएको छ ।
प्रहरीले द अफिस रेष्टुरेण्टबाट गाजा, चरेस लगायतका लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुलाई बैदाम चौकीमा राखेर अनुसन्धान भैरहेको छ । सबै माथि छानविन गरी दोषीलाई कार्वाही गर्ने र निर्दोषलाई छाडि दिने प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ चैत ११ सोमवार ०९:१२