Texas College
YouTube Link

अमेरिकी राष्ट्रपति ट्रम्पको चुनावी अभियानमा रुससँग कुनै साँठगाँठ नगरेको रोबर्ट मुलर टोलीको निष्कर्ष

Facebook Link

एजेन्सी: अमेरिकाका विशेष काउन्सिल रोबर्ट मुलरको टोलीले सन् २०१६ मा भएको राष्ट्रपति चुनावमा राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष निकालेको छ । मुलरको टोलीले २२ महिना लगाएर गरेको अनुसन्धानमा राष्ट्रपति ट्रम्पको चुनावी अभियानले रुससँग कुनै साँठगाँठ नगरेको निष्कर्ष निकालेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मुलरले तयार पारेको प्रतिवेदनको सार अमेरिकी संसद्समक्ष पुगेको जनाइएको छ । यसअघि मुलरले आफ्नो प्रतिवेदन अमेरिकी महान्यायाधिवक्ता विलियम बारलाई हस्तान्तरण गरेका थिए । महान्यायाधिवक्ता विलियमले त्यसको सार अमेरिकी संसद्समक्ष बुझाएका हुन् । संसद्मा बुझाइएको प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले न्यायिक प्रक्रियामा अवैध तरिकाले बाधा पुर्‍याएको बारेमा भने केही उल्लेख गरिएको छैन ।

महान्यायाधिवक्ता विलियमले भने न्यायिक प्रक्रियामा हस्तक्षेप गरेको बारे पर्याप्त प्रमाण नभेटिएको जनाएका छन् । यो प्रतिवेदन सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्प निकै उत्साहित भएको बताइएको छ । ट्रम्पले ट्वीट गर्दै कुनै मिलेमतो नभएको, कुनै बाधा नरहेको र आफू सम्पूर्ण आरोपबाट मुक्त भएको लेखेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मादूरोमाथि यस्तो छन् अभियोग र अदालती प्रक्रिया

मादूरोमाथि यस्तो छन् अभियोग र अदालती प्रक्रिया

वि.सं.२०८२ पुस २० आइतवार १२:०८

काठमाडौं: भेनेजुएलामाथि सैन्य हमला गरेर राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा पारेपछि...

भेनेजुएलामा अमेरिकी हमला

भेनेजुएलामा अमेरिकी हमला

वि.सं.२०८२ पुस १९ शनिवार १३:१०

एजेन्सीः भेनेजुएलाको राजधानी काराकासमा अमेरिकाले हमला गरेको छ । शनिबार...

अष्ट्रेलिया गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि, ४० जना घाइते

अष्ट्रेलिया गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि, ४० जना घाइते

वि.सं.२०८२ मंसिर २९ सोमवार ०७:१४

एजेन्सीः अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा...

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

वि.सं.२०८२ असोज २७ सोमवार १४:१७

एजेन्सीः गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले दुई वर्षदेखि आफ्नो कब्जामा राखेका...

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:०२

एजेन्सीः तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने...

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

वि.सं.२०८२ भदौ १६ सोमवार ११:१९

एजेन्सीः अफगानिस्तानमा आइतबार राति ६.३ रेक्टरको भूकम्प जाँदा कम्तिमा २५०...