YouTube Link

एएफसी यू-२३ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ए को खेलमा नेपाल कतारसँग ५-० गोल अन्तरले पराजित

Facebook Link

काठमाडौं: एएफसी यू-२३ च्याम्पियनसिपको छनोट अन्तर्गत समूह ए को खेलमा नेपाल कतारसँग ५-० गोल अन्तरले पराजित भएको छ । हारसँगै नेपालको अन्तिम चरणमा छनोट हुने सम्भावना सकिएको छ । खेलको २४औं मिनेटमा कतारले अग्रता लिएको थियो ।

हसन पलाङलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । अब्दुल्ला अलहरकले पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाए । पहिलो हाफमा कतारले १-० को अग्रता लिएको थियो । दोस्रो हाफको ५३ औं मिनेटमा कप्तान अल रावीले गोल गर्दै कतारको अग्रता दोब्बर पारे । ६० औं मिनेटमा कतारी खेलाडीको प्रहार रोक्ने क्रममा दिनेश राजवंशीलाई लाग्दै गोल भएपछि कतार ३-० ले अगाडी बढेको थियो ।

कप्तान रावीले ७९ औं मिनेटमा फ्रिकिकमा सिधै गोल गर्दै अग्रता थप फराकिलो बनाए । अतिरिक्त समयको दोस्रो मिनेटमा अब्दुल्ला अलहरकले मैदानको मध्यभागबाट गरेको प्रहार गोलरक्षक अर्पण कार्कीले फुस्काएपछि कतारले ५-० को जित पक्का गरेको थियो । यस जितसँगै कतारको दोस्रो चरणमा पुग्ने सम्भावना बलियो भएको छ । नेपाल भने समूह चरणबाट बाहिरिएको छ । नेपालले अब अन्तिम खेलमा अफगानिस्तानको सामना गर्नेछ । खेल मंगलबार हुनेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

बाहिरी भेटघाटका लागि सशस्त्र प्रहरीमा कडाइ

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:३३

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालमा बाहिरी भेटघाटमा कडाइ गरिएको छ...

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

रास्वपा केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:१८

चितवन: राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनमा...

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

हिमाली भू-भागमा हल्का वर्षासहित हिमपातको सम्भावना

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०९

काठमाडौं: हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम...

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ कात्तिक २१ गते शुक्रबार तपाईको राशिफल

वि.सं.२०८२ कात्तिक २१ शुक्रवार ०७:०३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

नेपाल युएई त्रिकोणात्मक सिरिजको सबै खेलमा पराजित

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०७:१९

काठमाडौं: आसिसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत नेपालले युएई त्रिकोणात्मक सिरिजको...

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

१०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

वि.सं.२०८२ कात्तिक २० बिहीवार ०६:५२

काठमाडौं: १०औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ...