YouTube Link

राष्ट्रिय जनता पार्टी नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, आन्दोलनको घोषणा

Facebook Link

काठमाडौं: टीकापुर घटनाबारे अदालतको फैसलाप्रति आपत्ति जनाउँदै राष्ट्रिय जनता पार्टी राजपा नेपालले सकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा बसेको राजपा अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र अदालतको फैसालाविरुद्ध विद्रोह गर्ने निर्णय गरेको हो । राजपाका नेताहरुले राजनीतिक मुद्धामा गलत नजिक स्थापना भएको भन्दै अदालतको फैसालाप्रति आपत्ति जनाएका छन् ।

७ भदौ २०७२ मा थरुहट आन्दोलन हुँदा टीकापुर घटनामा स‌ंलग्न रहेका आफ्नो पार्टीका सांसद रेशम चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएसँगै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिन बैठक बोलाइएको थियो । केही समय अघि मात्र राजपाको दवावमा सरकारले चौधरीलाई सांसदको शपथ गराएको थियो ।

बैठकपछि राजपाको जारी विज्ञप्तिमा भनिएको छ, ‘थरुहट आन्दोलनका नेता, कैलाली क्षेत्र नं. १ बाट निर्वाचित सांसद माननीय रेशमलाल चौधरी लगायतका आन्दोलनकारी नेता, कार्यकर्ताहरुलाई कैलाली जिल्ला अदालतले गरेको आजीवन कारावासको कैद सजायको फैसलाबाट राजपा नेपाललाई स्तब्ध र मर्माहत बनाएको छ । त्यसर्थ सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेकोले राजपा नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइ आएको समर्थन आजकै मितिबाट फिर्ता लिने निर्णय गर्दछ ।’

त्यसैगरी शोषण, उत्पीडन र विभेदका विरुद्ध, पहिचान, अधिकार र सम्मानका लागि संघर्षरत बिचार मिल्ने अधिकारवादी एवं पहिचानवादी पार्टी, संगठन एवं समूहलाई एकता, मोर्चा एवं सहकार्य गर्न राजपा नेपाल आह्वान गरेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...