YouTube Link

एक महिनाभर चल्ने स्वस्थानी व्रत आजबाट सुरु

Facebook Link

काठमाडौं: पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने माधवनारायण स्वस्थानी व्रत मेला आजदेखि सुरु भएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले घर–घरमा एक महिनासम्म विधिपूर्वक गर्ने स्वस्थानी व्रत आज औपचारिक रूपमा आरम्भ भएको हो ।

 

एक महिनाभर स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा वर्णित कुमार र अगस्त्य ऋषिबीचको संवादलाई स्वस्थानी कथाका रूपमा वाचन तथा श्रवण गर्ने परम्परा पनि आजैदेखि सुरु हुन्छ। पहिलो दिन नै पौराणिक तथा धार्मिक महत्व बोकेको शंखरापुर नगरपालिका साँखुस्थित शालिनदी क्षेत्रमा श्रद्धालुहरूको उल्लेख्य भीड देखिएको छ ।

 

माधवनारायणको व्रत बस्ने व्रतालुले पूर्णिमाको अघिल्लो दिन हात–खुट्टाका नङ काट्ने, एकचित्त भई निराहार बस्ने तथा पूर्णिमाको बिहान सबेरै नदीमा स्नान गरी पूजा गर्ने परम्परा रहिआएको छ । त्यसपछि मन्त्रोच्चारणसहित शंखजल ग्रहण गर्ने चलन छ ।

 

माधवनारायणको पूजा नगरे स्वस्थानी व्रत अधुरो हुने विश्वास गरिन्छ । स्वस्थानी र माधवनारायणको पूजा–आराधनाले सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक मान्यता रहिआएको छ । व्रत अवधिभर व्रतालु तथा अनुष्ठानकर्ताहरू पशुपतिनाथ, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शंखमूल लगायतका तीर्थस्थलहरूमा पैदल यात्रा गर्दै दर्शनका लागि जाने परम्परा पनि रहेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...