YouTube Link

मादूरोमाथि यस्तो छन् अभियोग र अदालती प्रक्रिया

Facebook Link

काठमाडौं: भेनेजुएलामाथि सैन्य हमला गरेर राष्ट्रपति निकोलस मादुरोलाई कब्जामा पारेपछि अमेरिकाले अब कुन कानुनी, कूटनीतिक र राजनीतिक प्रक्रिया अघि बढाउँछ भन्ने विषय अन्तर्राष्ट्रिय रूपमा चासोको केन्द्र बढेको छ ।

 

अमेरिकी अधिकारीहरूका अनुसार मादुरोमाथि लामो समयदेखि लाग्दै आएका लागुपदार्थ तस्करी, आतंकवादी समूहसँग सहकार्य र भ्रष्टाचार सम्बन्धी मुद्दाहरू अब निर्णायक चरणमा प्रवेश गर्ने सम्भावना छ । मादूरोलाई अमेरिकी सैन्य कस्टडीमा राखिएको छ । अमेरिकाको न्याय विभागले मादुरोमाथि सन् २०२० मै ‘नार्को–टेररिजम’ लगायतका गम्भीर अभियोग दायर गरिसकेको थियो । ती अभियोग अनुसार मादुरो र उनका सहयोगीहरूले भेनेजुएलालाई लागुऔषध तस्करीको मार्गका रूपमा प्रयोग गरेको र अमेरिका लक्षित कोकेन आपूर्तिमा संलग्न रहेको आरोप छ ।

 

अब उनलाई न्यूयोर्कको संघीय अदालतमा उपस्थित गराइनेछ । अमेरिका मात्र होइन, अन्तर्राष्ट्रिय आपराधिक अदालतमा पनि मादुरो प्रशासनमाथि मानव अधिकार उल्लंघन, राजनीतिक दमन र गैरन्यायिक हत्या सम्बन्धी उजुरीहरू विचाराधीन छन् । वाशिङ्टनले युरोपेली संघ र ल्याटिन अमेरिकी साझेदारहरूसँग समन्वय गरेर यी मुद्दाहरूलाई अन्तर्राष्ट्रिय तहमा अघि बढाउने तयारी गरेको कूटनीतिक स्रोतहरू बताउँछन् ।

 

अमेरिकी ट्रेजरी विभागले मादुरोसँग सम्बन्धित विदेशस्थित सम्पत्ति, बैंक खाता र व्यापारिक नेटवर्क पहिचान गरी जफत गर्ने प्रक्रिया तीव्र बनाउने संकेत दिएको छ । यससँगै, उनका सहयोगीहरू र भेनेजुएलाको नयाँ नेतृत्वमाथि पनि थप प्रतिबन्ध लगाउने विकल्प खुला राखिएको छ । मादुरो पक्राउपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेज कार्यवाहक नेतृत्वमा आए पनि, वाशिङ्टनले स्वतन्त्र र निष्पक्ष चुनावको स्पष्ट समयरेखा नआएसम्म पूर्ण मान्यता नदिने संकेत गरेको छ। डेल्सी पनि मादूरो प्रशासनकै एक सशक्त नेतृ भएकाले उनीमाथि पनि अमेरिका र युरोपेली युनियनको प्रतिबन्ध छ ।

 

अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘भेनेजुएलामा दिगो स्थिरता र लोकतन्त्रका लागि कानुनको शासन र जनताको मत सर्वोपरि हुनुपर्छ ।’ मादुरो पक्राउसँगै अमेरिका अब कानुनी अभियोग, सुपुर्दगी, अन्तर्राष्ट्रिय दबाब र राजनीतिक संक्रमण-यी चारवटै मोर्चामा एकसाथ अघि बढ्ने तयारीमा देखिन्छ । यसले भेनेजुएलाको भविष्य मात्र होइन, ल्याटिन अमेरिकी भू-राजनीतिमा पनि गहिरो प्रभाव पार्ने विश्लेषकहरूको निष्कर्ष छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...