YouTube Link

न्हुदँया भिन्तुना अर्थात् नयाँ वर्ष ११४६ को शुभकामना

Facebook Link

काठमाडौं: काठमाडौंको बसन्तपुरमा आज धिमे लगायत परम्परागत बाजाका साथै नेवारी पहिरनमा सजिएर नयाँ वर्षको न्हु दँया भिन्तुना (शुभकामना) र्‍यालीसहित कार्यक्रम गरिएको छ  । नेपाल सम्वत् ११४६ को भिन्तुना र्‍याली निकालिएको हो ।

 

यसैबीच नेपाल संवत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई विशेषगरी नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए ।

 

लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार, लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को रूपमा चलेको थियो । नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो ।

 

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । यो संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले विशेषरुपमा मनाउने गर्छन् ।

 

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत् चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साःख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

 

कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुआत गर्ने परम्परा काठमाडौँमा अझै पनि प्रचलनमा छ ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
एनपीएल अन्तर्गत आज दुई खेल हुँदै, पहिलो खेल पोखरा र काठमाण्डु तथा दोस्रो खेल सुदूरपश्चिम र चितवनबीच हुँदै

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै, पहिलो खेल पोखरा र काठमाण्डु तथा दोस्रो खेल सुदूरपश्चिम र चितवनबीच हुँदै

वि.सं.२०८२ मंसिर १८ बिहीवार ०७:३८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरु हुँदैछन्...

मंसिर शुक्ल पूर्णिमाका दिन आज किरातहरुले उधौली पर्व मनाउँदै, नेवार समुदायले पनि योमरी पर्व मनाउँदै

मंसिर शुक्ल पूर्णिमाका दिन आज किरातहरुले उधौली पर्व मनाउँदै, नेवार समुदायले पनि योमरी पर्व मनाउँदै

वि.सं.२०८२ मंसिर १८ बिहीवार ०६:५९

काठमाडौं: मंसिर शुक्ल पूर्णिमाका दिन आज किरातहरुले उधौली सकेला, लिम्बुहरूको...

हेर्नुहोस् आज २०८२ मंसिर १८ गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ मंसिर १८ गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८२ मंसिर १८ बिहीवार ०६:३८

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

वि.सं.२०८२ मंसिर १७ बुधवार १२:०१

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत २२ औं खेलमा आज...

हेर्नुहोस् आज २०८२ मंसिर १७ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८२ मंसिर १७ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८२ मंसिर १७ बुधवार ०६:४३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

नेपाल प्रहरी : लैङ्गिक हिंसाका घटनामा शून्य सहनशील, सबै पक्षको सामूहिक प्रयास आवश्यक

नेपाल प्रहरी : लैङ्गिक हिंसाका घटनामा शून्य सहनशील, सबै पक्षको सामूहिक प्रयास आवश्यक

वि.सं.२०८२ मंसिर १५ सोमवार १२:१६

काठमाडौं: लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रहरी प्रधान...