बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
वि.सं.२०८२ साउन ७ बुधवार १०:३४
1.1K
shares
काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव रहेकाले मौसममा बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा अवस्थित छ । आज दिनभर देशभरको मौसम आंशिकदेखि सामान्यतया बदली रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानमा तथा बाँकी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यसका साथै, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राती पनि देशभर मौसम आंशिकदेखि सामान्यतया बदली रहनेछ । सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
वि.सं.२०८२ साउन ७ बुधवार १०:३४




















