YouTube Link

पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन ढोका बन्द

Facebook Link

काठमाडौं: नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेको छ । मंगलबार मध्यरातमा सकिएको बैठकमा एमालेले भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने निष्कर्ष पनि निकालेको हो । योसँगै पूर्वराष्ट्रपति राजनीतिमा फर्किने निर्णयमा एमालेले ढोका बन्द गरिदिएको हो । अब उनीसँग चूपचाप एमाले निर्णय स्वीकार्ने वा यसलाई एक हदसम्म अवज्ञा गर्ने दुई विकल्प बाँकी रहेको छ ।

 

एमालेको केन्द्रीय कमिटीको बैठकले राष्ट्रपति एकताको प्रतीक भएकोले दलको कार्यकर्ता हुन आउन नहुने निष्कर्ष निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बैठकपछि जानकारी दिए । केन्द्रीय कमिटी बैठकका निर्णय सुनाउँदै गौतमले पार्टीको उक्त निर्णयमा उपाध्यक्षहरू सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली तथा स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति जनाएको जानकारी दिए ।

 

त्यस्तै,  बैठकले पूर्वराष्ट्रपति राजनीतिमा सक्रिय हुने निर्णयले गलत नजिर बस्ने निष्कर्ष पनि निकालेको छ । गौतमले पूर्वराष्ट्रपति दलको कार्यकर्ता हुनु स्थापित मान्यताको विपक्षमा हुने पनि बैठकले निष्कर्ष निकालेको जानकारी दिए । बैठकले केन्द्रीय कमिटी २५१ सदस्यीय र पदाधिकारी १५ जनाको हुने निर्णय गरेको जानकारी पनि गौतमले गराए ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

रसुवा बाढीबाट १२ जना पत्रकार र ८ वटा सञ्चारमाध्यम प्रभावित

वि.सं.२०८३ भदौ १५ सोमवार १३:५४

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण १२ जना...

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

भिषण बाढीमा परी ९०३ जनाको मृत्यु, चार हजारभन्दा बढी बेपत्ता

वि.सं.२०८३ भदौ १५ सोमवार १२:०३

काठमाडौं: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशीमा आएको...

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

न्युजिल्यान्डका फाइटर कासिब मर्डोकलाई हराउँदै रवीन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा

वि.सं.२०८३ भदौ १२ शुक्रवार १७:५७

काठमाडौं: नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसी सिजन–५ को...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:५८

काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक...

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

रसुवा बाढीमा परी अहिलेसम्म ५३८ जनाको शव फेला

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:३२

काठमाडौं: रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण अहिलेसम्म...

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ

वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६

  पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा...