YouTube Link

भोलि टुँडिखेल र संसद भवनमा उच्च निगरानी

Facebook Link

काठमाडौं: २०६५ सालदेखि वर्षेनी मनाइँदै आएको गणतन्त्र दिवस भोलि जेठ १५ गते यस वर्ष सुरक्षा दृष्टिले उच्च सतर्कतायुक्त हुने भएको छ । भोलि नै सत्तारुढ नेकपा (एमाले) ले गणतन्त्र उत्सव र राप्रपा सहितका राजावादी समूहले ‘जनआन्दोलन’ कार्यक्रमको घोषणा गरेका कारण सुरक्षा रणनीति त्यही अनुसार बनाइएको छ ।

 

बिहानै टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने औपचारिक कार्यक्रममा राष्ट्रपति, उपराष्ट्र, प्रधानमन्त्रीसहित संवैधानिक अंगका प्रमुख एवं विशिष्ट सरकारी व्यक्तिको उपस्थितिलाई सहज बनाउन बिहानै सुरक्षाकर्मी खटिने छन् । उक्त कार्यक्रमको चटारो सकिनासाथ अर्कोखाले सुरक्षा तैनाथीमा नेपाल प्रहरी जुट्दैछ ।

 

त्यसअघि दिउँसो संयुक्त सदनको बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट भाषण हुँदैछ । यी सबैखाले कार्यक्रमलाई लक्षित गर्दै प्रहरीले उपत्यकाभरका तीन हजार जनशक्तिलाई स्ट्याण्डबाई राखेको छ । जिल्ला सुरक्षा समितिले आज बेलुकीसम्म तयार पार्ने सुरक्षा योजनाबमोजिम कति र कस्तो जनशक्ति कहाँ तैनाथ गर्ने भन्ने कुराको टुंगो लाग्नेछ ।

 

तर, विशिष्ट व्यक्तिको आवतजावतलाई मध्यनजर गर्दै हालसम्म टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजना गरिने गणतन्त्र दिवस समारोह र संसदमा बजेट भाषण प्रस्तुत गरिने नयाँ बानेश्वरस्थित संसद भवनको सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । हालसम्म ती दुई स्थानलाई प्रहरीले उच्च सतर्कतास्थल तय गरिएको छ ।

 

जिल्ला सुरक्षा समितिले हालसम्म एमालेको गणतन्त्र उत्सव मनाउनका निम्ति भृकुटीमण्डप क्षेत्रलाई अनुमति दिएको छ । तर, राप्रपाले गर्ने भनेको प्रदर्शनका लागि हालसम्म स्थान अनुमति दिइएको छैन । भोलिको प्रदर्शनका लागि काठमाडौं उपत्यकाका तीनै जिल्लाका सम्पूर्ण प्रहरी युनिट स्ट्याण्डबाई राखिएको छ । त्यसअन्तर्गत तीनवटै जिल्ला प्रहरी कार्यालय, चार किसिमका गण र विभिन्न गुल्मका प्रहरी रहेका छन् । ती सबै युनिटमा तीन हजार जनशक्ति रहेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...