YouTube Link

फ्रान्सका लामोत-गोवाका मेयर आल्याँ स्कुदेलारो र ललितपुरका मेयर चिरीबाबु महर्जनबीच भेतवार्ता

Facebook Link

काठमाडौं: ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र फ्रान्सको लामोत-गोवाका मेयर आल्याँ स्कुदेलारोबीच शुक्रबार भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका मेयर एवम् फ्रान्सका भावी सिनेटरका रुपमा उदायका नेता स्कुदेलारोलाई महर्जनले ललितपुर महानगरपालिकाको आफ्नै कार्यकक्षमा स्वागत गरे ।

 

 

दुई मेयरबीच महानगरसँग भगिनी सम्बन्ध स्थापित गर्दै सकारात्मक काममा सहकार्य गर्ने कुराकानी भएको थियो । स्कुदेलारोलाई मित मेयरका रुपमा परिचित गराएका महर्जनले संवादका क्रममा आ-आफ्ना शहरका विशेषता तथा सम्भावनाका बारेमा छलफल गरेका थिए । दुई देशको शहरले एक अर्कासँग प्रशस्तै असल अभ्यासहरू आदान प्रदान गर्न सक्ने उनीहरुको भनाई छ । ‘ललितपुर कला संस्कृति र सम्पदाको शहर हो । यस क्षेत्रमा भएका हाम्रो असल अभ्यास स्कुदेलारोले उनको पालिकामा उपयोग गर्न सक्छन’, महर्जनले भने ‘हामीले पनि फ्रान्सको विकास, प्रविधि शिक्षा लगायतका क्षेत्रमा थुप्रै कुरा सिक्न सक्छौं ।’ केहि वर्ष अघि महर्जन आफ्नो प्रतिनिधिमण्डल सहित फ्रान्स भ्रमण गरेका थिए ।

 

 

फ्रान्स र नेपालबीचको सम्बन्ध सुधारमा यस्ता उच्चस्तरीय भेटवार्ता र सहयोग आदान-प्रदानले महत्वपूर्ण उपलब्धि हाँसिल गर्न सकिने बताइएको छ । स्कुदेलारोले नेपाल-फ्रन्सको सम्बन्ध स्थापित गर्न धेरै कामहरु गरेका छन् । उनले नेपालको विद्यालय शिक्षाका क्षेत्रमा लगानी गरेको नेपाल फ्रान्स मैत्रीसंघका अध्यक्ष विनोद खकुरेलले बताए । ‘स्कुदेलारो फ्रान्सका आगामी सिनेटर पनि हुन । उनले नेपालसँगको सम्बन्ध स्थापित गर्न र आवश्यक सहयोग आदान-प्रदान गर्न महत्वपूर्ण योगदान गर्दै आएका छन’, खकुरेलले भने ।

 

 

२०औं पटक नेपाल भ्रमणमा आएका उनले नेपालस्थित फ्रन्सेली राजदुतावासका अधिकारीहरुसहित नेपालका विभिन्न विशिष्ट व्यक्तिहरुसँग भेटघाट गरेका छन् । भ्रमणका क्रममा स्कुदेलारोले विश्वभर प्रसिद्ध रातो मन्छिन्द्रनाथको रथ यात्रासहित धार्मिक सांस्कृतिक सम्पदाको अवलोकन गरेका छन् । भेटका क्रममा दुवै मेयरले मायाको चिनोसहित कोशेली आदान-प्रदान समेत गरेका थिए ।

 

 

यसअघि मेयर महर्जनलाई नोभेम्बर २०२१ मा मेयर आल्याँ स्कुदेलारोको नेतृत्वमा फ्रान्सको लामोत-गोवामा स्वागत गरिएको थियो । त्यसबेला उनलाई फ्रान्सेली मेयरहरूको संघको प्रतिष्ठित १०३औं कांग्रेसमा भाग लिन आमन्त्रित गरिएको थियो । सो अवसरमा मेयर महर्जनलाई नेपाल-फ्रान्स मैत्री संघका अध्यक्ष विनोद खकुरेलसँगै लामोत-गोवाको मानार्थ नागरिकको सम्मान समेत दिईएको थियो । जुन नगरपालिका स्तरमा प्रदान गरिएको र फ्रान्सेली सरकारले मान्यता दिएको सर्वोच्च सम्मान मध्ये एक हो ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि सभापति उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो

नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि सभापति उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो

वि.सं.२०८२ मंसिर २२ सोमवार १२:१५

काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशन पुस २६ गतेदेखि २८ गतेसम्म...

आजको पहिलो खेलमा ट्रान्सपोर्ट युनाइटेड र इस्ट बंगाल तथा दोस्रो खेलमा कराची सिटी र नसरिन स्पोट्स भिड्दै

आजको पहिलो खेलमा ट्रान्सपोर्ट युनाइटेड र इस्ट बंगाल तथा दोस्रो खेलमा कराची सिटी र नसरिन स्पोट्स भिड्दै

वि.सं.२०८२ मंसिर २२ सोमवार ११:४४

काठमाडौं: साफ महिला क्लब च्याम्पियनसिपमा आज दुई खेलहरु हुँदैछन् ।...

पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’

पर्यटन क्षेत्रमा महिला सहभागिता बढाउँदै ‘टुरिज्म सिस्टरहुड’

वि.सं.२०८२ मंसिर २१ आइतवार १४:४६

काठमाडौं: नेपालको पर्यटन क्षेत्रमा क्रियाशील महिलाको साझा संस्था ‘टुरिज्म सिस्टरहुड...

साफ महिला क्लब च्याम्पियनसिप आजदेखि सुरु हुँदै

साफ महिला क्लब च्याम्पियनसिप आजदेखि सुरु हुँदै

वि.सं.२०८२ मंसिर १९ शुक्रवार १०:२२

काठमाडौं: साफ महिला क्लब च्याम्पियनसिप आजदेखि दशरथ रंगशालामा सुरु हुँदैछ...

लुम्बिनी र जनकपुर भिड्दै, प्लेअफ पुग्न लुम्बिनीलाई जित्नैपर्ने दबाब

लुम्बिनी र जनकपुर भिड्दै, प्लेअफ पुग्न लुम्बिनीलाई जित्नैपर्ने दबाब

वि.सं.२०८२ मंसिर १९ शुक्रवार ०९:४८

काठमाडौं: दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज त्रिवि...

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै, पहिलो खेल पोखरा र काठमाण्डु तथा दोस्रो खेल सुदूरपश्चिम र चितवनबीच हुँदै

एनपीएल अन्तर्गत आज दुई खेल हुँदै, पहिलो खेल पोखरा र काठमाण्डु तथा दोस्रो खेल सुदूरपश्चिम र चितवनबीच हुँदै

वि.सं.२०८२ मंसिर १८ बिहीवार ०७:३८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेलहरु हुँदैछन्...