YouTube Link

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

Facebook Link

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पनि अधिकतम तापक्रम बढी नै रहेको र न्यूनतम तापक्रम पनि बढी नै देखिएको बताए ।

 

‘लामो समयसम्म पानी पनि नपरेको र भारतमा उच्च चापीय प्रणाली रहेको छ, त्यसको पनि असरले तापक्रम बढेको छ’, उनले भने । न्यूनचापीय प्रणालीले बादल ल्याउने, पानी ल्याउने र चिसो बढाउने गर्छ भने उच्चचापीय प्रणालीले तापक्रम बढाउन सहयोग गर्छ । यद्यपि केही दिनमा भारतको उच्च चापीय प्रणाली सिफ्ट हुने (हट्दै जाने) हुनाले अहिले दुईतीन दिनमा जसरी तापक्रम बढेको छ, त्यो ‘रेसियो’मा भने नबढ्ने उनले बताए ।

 

विभागले बिहीबार साँझ सार्वजनिक गरेको विवरणमा काठमाडौंको अधिकतम तापक्रम २४.६ डिग्री सेल्सियस पुगिसकेको छ । न्यूनतम तापक्रम पनि ६.२ डिग्री रहेको छ । बिहीबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ र वीरेन्द्रनगरमा २७.१ डिग्री मापन भएको छ । २१ मापन केन्द्रमध्ये ११ वटा केन्द्रमा अधिकतम तापक्रम २० डिग्रीभन्दा माथि ‘रेकर्ड’ भएको छ । आज न्यूनतम तापक्रम एक ठाउँ जुम्लामा मात्रै माइनस ३.५ डिग्री मापन भएको छ । यसपालि काठमाडौंको तापक्रम दुई डिग्रीसम्म झरेको थियो ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

महानायक राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

वि.सं.२०८२ असोज २६ आइतवार १२:१५

काठमाडौं: नेपाली चलचित्रका महानायक राजेश हमालको जीवन, सिनेमा यात्रा र...

जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशी

जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशी

वि.सं.२०८२ असोज २६ आइतवार १०:५९

काठमाडौं: गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन...

नेपाल र युएईबीचको खेल आज, खेल ४:१५ बजे सुरु हुने

नेपाल र युएईबीचको खेल आज, खेल ४:१५ बजे सुरु हुने

वि.सं.२०८२ असोज २६ आइतवार १०:३८

काठमाडौं: आईसीसी टी-२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत...

कुवेतलाई ५८ रनले हराउँदै नेपालको विजयी सुरुवात

कुवेतलाई ५८ रनले हराउँदै नेपालको विजयी सुरुवात

वि.सं.२०८२ असोज २३ बिहीवार ०७:१८

काठमाडौं: नेपालले आइसिसी टि-२० विश्वकप एसिया एण्ड इस्ट-एसिया प्यासिफिक छनोटमा...

यी कमाण्डर, जो सम्वाद, तथ्य र रणनीतिक संयोजनको उदाहरण बने

यी कमाण्डर, जो सम्वाद, तथ्य र रणनीतिक संयोजनको उदाहरण बने

वि.सं.२०८२ असोज २२ बुधवार १५:२१

काठमाडौै उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी...

मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

वि.सं.२०८२ असोज २२ बुधवार १२:०५

काठमाडौं: मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी-२० सिरिजको उपाधि जितेको...