दार्चुलामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, ६ जना घाइते
वि.सं.२०८१ कात्तिक ३० शुक्रवार ०८:१२
408
sharesकाठमाडौं: दार्चुलाको शैल्यशिखर नगरपालिका-६ मा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ भने ६ जना घाइते छन् । घाइते ६ जनाको उपचार गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ मा दुर्घटना भएको थियो । जीपमा कतिजना सवार थिए भन्ने यकिन भई नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
मृत्यु हुनेमा शैल्यशिखर-९ नक्तडका ४५ दिलीप विष्ट, लेकम गाउँपालिकाकाका ३० वर्षीय वीरेन्द्र रावल, २५ वर्षीया शान्ति रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रावलद्वय श्रीमान्-श्रीमती हुन् । यस्तै डिलासैनी गाउँपालिका ५ नगराउका अन्दाजी १६ वर्षीय सुजित बोहराको पनि मृत्यु भएको छ । ज्यान गुमाउनेमध्ये दुई भारतीय नागरिक छन् । भारत विजनोर मोभारपुरका ४५ वर्षिय मोहम्मद सकिर र १८ वर्षिय मोहम्मद बसिलको मृत्यु भएको प्रहरीले जनाएको छ । एक जनाको भने सनाखत हुन बाँकी रहेको छ ।
वि.सं.२०८१ कात्तिक ३० शुक्रवार ०८:१२