YouTube Link

विद्युत् बक्यौताको विषयमा राजनीतीकरण भयो: कुलमान घिसिङ

Facebook Link

काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौताको विषयलाई विवादित र राजनीतीकरण गर्ने काम भएको आरोप लगाएका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै उनले उद्योगीहरूले ऐन कानुन अनुसार तिनुपर्ने रकम तिर्नैपर्ने दाबी गरे ।

‘बक्यौतालाई झन् विवादित बनाउने र राजनीतीकरण गर्ने काम भएको छ । जुन बेला लाइन काटिन्छ त्यसअघि जति पनि प्रडक्ट उत्पादन गरेको हुन्छ, पूर्ण क्षमतामा चलेको हुँदैन,’ घिसिङले अघि भने, ‘जहिलेसम्म त्यो बिक्री हुँदैन उहाँहरु लाइन जोड्न यहाँ आउनुहुन्न । अनि बेरोजगारी बढायो, आर्थिक अवस्था तहसनहस भयो भनेर इमोसनल ब्ल्याकमेलिंग गर्नुहुन्छ । यो राम्रो कुरा होइन ।’ उनले अघि थपे, ‘यो सरकारले उद्योगीलाई हेर्नुपर्छ तर तिर्नुपर्ने चिज उहाँहरूले पनि तिर्नुपर्छ । ऐन कानुन अनुसार तिर्नुपर्ने रकम उहाँहरूले तिर्नुपर्छ ।’

बक्यौता असुलीमा ठूलो राजस्व उठाएर नाफा कमाउने जस्ता आरोप पनि लगाएको भन्दै उनले अघि भने, ‘उहाँहरूले आफ्ना प्रडक्टमा १७ घण्टा लोडसेडिङमा सर्वसाधारणले भन्दा बढी बिजुली प्रयोग गरेर फाइदा लिनुभएको छ। अहिले तिर्दिन भन्नु त्यति न्यायिक नहोला ।’ पछिल्लो सयम देखिएका यस्ता गतिविधिले प्राधिकरणको वित्तीय अवस्थालाई धक्का पुर्‍याउने उनको विश्लेषण छ ।

‘यस्ता गतिविधिले प्राधिकरणको वित्तीय अवस्थालाई ठूलो धक्का पुर्‍याउने देखाएको छ । ठूलाको बक्यौता नउठाउने, उठाउन नसक्ने, लाइन जोड्दै जाने, हाम्रा १ हजार तिर्न नसक्दा वर्षमा २ लाख लाइन काट्ने अवस्था सिर्जना भएको छ । संकलन घट्दै गएको छ । ९५ प्रतिशत माथि संकलन हुने अवस्थाबाड ८५ प्रतिशत मात्रै संकलन हुने अवस्था छ,’ घिसिङले भने ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...