YouTube Link

बाढी र पहिरोले मुख्य राजमार्गको ५७ ठाउँमा सडक अवरुद्ध, कुन-कुन सडक कहाँ-कहाँ अवरुद्ध छन् ?

Facebook Link

काठमाडौं: शुक्रबार र शनिबार परेको अविरल वर्षाका कारण देशभरका विभिन्न स्थानमा गएको बाढी र पहिरोले उपत्यका जोडिने राजमार्गहरु अवरुद्ध भएका छन् । आइतबार दिउँसोसम्म मुख्य राजमार्गको ५७ ठाउँमा सडक अवरुद्ध भएको छ ।

 

सडक विभागको तथ्यांकअनुसार काठमाडौं उपत्यका जोड्ने कुनैपनि सडक अझै खुल्नसकेको छैन । प्राकृतिक विपत्तिले २ दिनदेखि देशको राजधानी जोड्ने सबै सडक अवरुद्ध भएको हो । पूर्वबाट आउने बीपी राजमार्ग सबैभन्दा बढी ठाउँमा क्षति भएको छ भने मुख्य राजमार्गको रुपमा रहेको त्रिभुवन राजपथअन्तर्गत धादिङको झ्याप्ले खोलामा लेदोले बाटो खुल्नसकेको छैन । शनिबारबाट बिहानैबाट काठमाडौं जोड्ने सबै सडक बन्द भएका थिए । अन्य सडक खुल्न समय लागे पनि त्रिभुवन राजपथ आइतबार साँझसम्म खुल्ने सडक विभागले जनाएको छ ।

 

कुन-कुन सडक कहाँ-कहाँ अवरुद्ध छन् ?

देशभरका ५७ वटा सडक अझै अवरुद्ध छन् । बीपी रामार्गको बर्दिबास-सिन्धुली-खुर्कोट-धुलिखेल सडक खण्डको काभ्रे जिल्लास्थित भ्याकुरेमा शनिबार बिहानदेखि अवरुद्ध छ । त्यस्तै काभ्रेकै चर्सया, ममति खोला, कालढुंगा, बोक्सी कुना, नार्के पुल, काभ्रे भञ्जाङ, पिनथलि बेसी, भिंडी बेसी, डाला बेसी, चौकी डाँडामा रोकिएको छ । अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको सिम्ले, धकलाङ, कोदारी, दोलाघाट चौतारीको सडक बन्द छ। सिन्धुपाल्चोकै सिर्सिरे, लिपिङ पुल बगाएको छ ।

 

त्रिभुवन राजपथ हेटौंडा-भैँसे-पालुङ-नौबीसे-काठमाडौं पनि अवरुद्ध छ । धादिङको झ्याप्ले खोलामै अवरोध छ । मध्यपहाडी राजमार्गअन्तर्गत ओखलढुंगाको भँडारे खोलाभन्दा माथि रोकिएको छ । सिन्धुलीको हर्जेनी, बलेनी, सालघारी, कुखुरेटार, ल्याउ खोला, फिक्कल, रामेघापको खैरेनी घाट, लुभु खोला अवरुद्ध भएको छ ।

 

पूर्वमा मेची राजमार्गको चारआली-फिदिम सडकको फिदिममा सडक अवरुद्ध भएको छ । भेडेटार रवि राँके सडकको पाँचथर मैदानेमा रोकिएको छ । मिर्चैया कटारी घुर्मी सडकअन्तर्गत उदयपुरमा चनौटेदेखि घुर्मीसम्म बन्द भएको छ । तमोर करिडोरको चतरा पुलदेखि वराहक्षेत्रसम्म जाने सडकमा पहिरो गएको छ । उदयपुरको फोक्सिङटारमा पहिरोले लाहान-गाइघाट-महुरे सडक रोकिएको छ ।

 

ललितपुरको ग्वार्को-लुभु-लाकुरीभन्ज्याङ सडकको लाकुरी भञ्ज्याङ मानेदोभानमा रोकिएको छ । पश्चिममा डुम्रे-बेसीसहर-चामे सडक अन्तर्गत लमजुङको रामबजारमा रोकिएको छ । सालझण्डी-सन्धिखर्क-ढोरपाटनको अर्घाखाँची घोलाडाँडामा रोकिएको छ ।

 

शुक्रबार र शनिबार ५ वटा पुलमा क्षति पुगेको छ । मेचीराजमार्गको हेवा खोलामा बेली ब्रिज बनाएको ४९ मिटर लामो पुल अत्यधिक वर्षाका कारणले आएको भीषण बाढीले पुल नै बगाएको छ । सुनकोसी नदीले स्टिल टसको १०० मिटर लामो पुल बनाएको छ । नदीमा बढेको वहावले एउटा पुल स्पान बगेको छ । सडक डिभिजन इलामअन्तर्गत आरसीसीको निर्माणाधीन ३५ मिटर लामो पुल पूरै बगाएको छ ।

 

हुलाकी राजमार्गअन्तर्गत झापामा बिरिङ खोलामा अत्यधिक वर्षाको कारणले दायाँतर्फको सडकसँगै पुलमा क्षति पुर्‍याएको छ । उक्त पुल ३१८ मिटर लामो थियो । धरानमा निर्माणाधीन लहान-गाइघाट-सोलुको सुनकोसी नदीले पुल बगाएको छ । पुलको आधा भाग बगाएको सडक विभागले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...